प्रवासी युवाद्धारा मंगलालाई अक्सिजन सिलिण्डर सहयोग

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिकालाई प्रवासी युवाहरुले मंगलबार तीन वटा अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ ।

मंगला–५ पाखुमा जन्मिएर हाल अस्ट्रेलीयामा रहनुभएका रमेश रोका, राजन सापकोटा र छिसवाङका सन्तोष मल्लले अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको हो ।

Bhautik ministry notice about road

जन्मथलोका कोरोना संक्रमितको उपचार सहज होस भन्ने उद्देश्यले रोका, सापकोटा र मल्लले पठाउनुभएको रु. लाख रकमबाट तीन थान सिलिण्डर खरिद गरेर उपलब्ध गराइएको हो ।

Shreekrishna hardwear in news

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, ५ नम्बर वडाका अध्यक्ष भुपेन्द्र खत्री र गाउँपालिकाले सञ्चालन गरेको कोरोना अस्पतालकी चिकित्सक रोशनी पुर्जालाई अक्सिजन हस्तान्तरण गरिएको थियो । समन्वयकर्ता गाउँपालिकाका कृषि शाखा प्रमुख जगत बानियाले अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...