यति धौलागिरिले ५० सिलिण्डर अक्सिजन उपलब्ध गरायो

Gandaki Pardesh notice

बेनी । महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस)बाट संक्रमित भएकाहरुको उपचारका लागि पर्वत बेनी स्थित यति धौलागिरी टे«डर्सले ५० सिलिण्डर अक्सिजन उपलब्ध गराएको छ ।

म्याग्दीमा सिलिण्डरमा अक्सिजन आपुर्ति गर्दै आएको सो कम्पनीले आफूसँग मौजुदा रहेको भरिएका र खाली अक्सिजन सिलिण्डर म्याग्दी, पर्वत र मुस्ताङका अस्पताल र स्थानीय तहले सञ्चालन गरेका आइसोलेशनलाई उपलब्ध गराएको जनाएको छ ।

यति धौलागिरी पोखरा र कालीगण्डकी अक्सिजन कम्पनीको म्याग्दीका लागि आधिकारिक बिक्रेता हो । कम्पनीका सञ्चालक इन्द्र मगरले समबन्धित जिल्लाका प्रशासनसँग समन्वय गरेर आफूसँग भएका अक्सिजन सिलिण्डर उपलब्ध गराएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पर्वत अस्पताललाई फिर्ता गर्ने गरी दश वटा खाली र छ वटा भरिएको अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । पर्वतको जलजला गाउँपालिकालाई सात वटा ठूलो र तीन वटा सानो सिलिण्डर फिर्ता गर्ने गरी दिएको छ । म्याग्दी अस्पताललाई पाँच वटा भरेको र चार वटा खाली सिलिण्डर दिएको छ ।

रघुगंगाको चार वटा सानो र एक वटा ठूलो सिलिण्डरमा अक्सिजन भरेर उपलब्ध गराएको सञ्चालक मगरले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकालाई आठ वटा ठूलो र तीन वटा सानो तथा मुस्ताङको थासाङ गाउँपालिकालाई तीन वटा सिलिण्डर पठाएको छ ।

कोरोना संक्रमितहरु अक्सिजन अभावमा ज्यान गुमाउने अवस्था आउन नदिन र सहज उपचारका लागि आफूसँग मौजुदा भएका सिलिण्डर उपलब्ध गराएको उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...