एकै दिन म्याग्दीका ६० जनाले कोरोना जिते

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा मंगलबार एकै दिन ६० जनाले कोरोना जितेका छन् । होम, पालिका र बेनी अस्पतालको आइसोलेशनमा बसेका ६० जना संक्रमित निको भएका स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सहित म्याग्दीमा सक्रीय संक्रमितको संख्या ४०९ जना भएको छ । मंगलबार २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पिसिआर बिधिबाट मंगला गाउँपालिकामा १६ जना, एन्टिजिन बिधिबाट बेनी नगरपालिका र जलजला गाउँपालिकाका दुई÷दुई, मंगला, मालिका र रघुगंगामा एक÷एक गरि कुल ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Shreekrishna hardwear in news

योसँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ । ८४७ जना पिसिआर र १४७ जना एन्टिजिन परिक्षणबाट पहिचान भएका हुन् । मंगलबार अपराहन्न ४ बजेसम्म म्याग्दीबाट पठाइएको ६६३ वटा नमुनाको नतिजा आउन बाँकी छ ।

Bhautik ministry notice about road

मंगला गाउँपालिकाका अनुसार बैशाख २८ गते संकलन गरेर प्रदेश जनस्वाथ्य निर्देशनालयमा ३२ जनाको स्वाब पिसिआर बिधिबाट, जेठ १ र २ गते कोरोना अस्पतालमा आएका तीन जनाको एन्टिजिन बिधिबाट कोरोना परिक्षण गरिएको थियो ।

सबैभन्दा बढी वडा न. ५ का १४ जना छन् । ३ नम्बर वडाका तीन, २ का एक जना र बेनी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी बेनी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका दुई जना डिस्चार्ज भएका छन् । मंगलबार १२ जना पुरुष र ७ जना महिला आइसोलेशनमा उपचाररत रहेका अस्पतालले जनाएको छ ।

२७ वटा स्वाबको नमुना संकलन गरेको अस्पतालमा ९ जनाको एन्टिजिन परिक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजिन परिक्षण गर्दा नेगेटिभ आएका ५ जना चिकित्सकको निगरानीमा छन् ।

यसैगरी बेनी अस्पतालले स्वमसेवकको नाममा भएको अनावश्यक गतिबिधि र भिडभाड भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कडेलले स्वमसेवकको परिचयपत्र हुनुपर्ने, अस्पतालको नियममा रहनुपर्ने र अनावश्यक भिडभाड नगर्न अनुरोध गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...