जलजलामा कोरोना रोकथाम गर्न दाताहरुको सहयोग

Gandaki Pardesh notice

साजन परियार
जलजला । पर्वतको जलजला गाउँपालिकालाई कोरोना रोकथामका लागि स्वदेश तथा बिदेशमा रहेका मनकारी व्यक्तिहरुबाट सहयोग प्राप्त भइरहेको छ ।

दोस्रो लहरको कोरोना संक्रमणको हटस्पट बनेको जलजला गाउँपालिकाले कोरोना नियन्त्रणको लागि गरेको पहल र प्रयासलाई सार्थक बनाउन समुदाय स्तरबाट पनि सहयोग जुटिरहेको छ ।

मल्लाज र लेकफाँट घर भई हाल अस्टे«लीयामा रहनुभएका विभिन्न व्यक्तिहरुले गाउँपालिकाको विपद् ब्यवस्थापन खातामा दुई लाख ५७ हजार ७९६ रुपैयाँ सहयोग गर्नुभएको छ ।

Shreekrishna hardwear in news

जलजला–४ घर भई हाल अस्टे«लीयामा अध्ययनरत बिद्यार्थी सञ्जय जिसीले सोमबार रु. पचास हजार बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ ।

१० थान पिपिई, ५० जोडा ग्लोब, एक हजार थान मास्क, पाँच लिटर स्यानीटाइजर, १० जोडा बुट र ८ वटा पल्स अक्सिमिटर भगवान जिसीले गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)लाई हस्तान्तरण गर्नुभयो ।

Bhautik ministry notice about road

यसैगरी जलजला–७ घर भई हाल बेलायतको लण्डनमा बसोबास गर्नुहुने एलिना शर्माले २५ हजार रुपैया मूल्य बराबरको पिपिई र स्यानीटाइजर लगायत स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।

गाउँपालिकाले कोभिड–१९ नियन्त्रण आपतकालिन कोषमा रोजगारीको शिलशिलामा साउदीमा रहनुभएका जलजला–४ का सागर मल्लले पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको स्वास्थ्य संयोजक राजु बोहोराले बताउनुभयो ।

यसैगरी जलजला–४ भवानीपानी घर भई हाल शसस्त्र प्रहरीमा कार्यरत निलकमल आचार्यले दश हजार सहयोग गर्नुभएको छ । जलजला–४ घर भई हाल मलेसियामा रहनुभएका रामशरण खत्रीले १५ हजार, भारतीय सेनामा कार्यरत सुवेदार निरबहादुर थापाले पन्ध्र हजार सहयोग गर्नुभएको छ ।

अमृत आदर्श आवासीय मावि मल्लाजका प्रिन्सीपल इन्द्र अधिकारीले छ हजार, बिन्दबासीनी आधारभूत बिद्यालयका प्रअ गुप्तबहादुर जिसीले पाँच हजार, ज्योतीमण्डल मावि बाँसखर्कका प्रअ मेखबहादुर खत्रीले पाँच हजार, लायन्स क्लव पर्वत कुश्माका सदस्य ओमबहादुर जिसीले पाँच हजार उपलब्ध गराउनुभएको छ ।

गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक समेत रहनुभएका वडा न. २ का अध्यक्ष गोबिन्द खत्री, वडा सदस्य मिनबहादुर कार्की र स्वास्थ्य शाखा संयोजक राजु बोरोहालाई उहाँहरुले सहयोग र सामग्री हस्तान्तरण गर्नुभएको थियो । जलजला गाउँपालिकाले फर्सेमा २० र मल्लाजमा १० शैयाको आइसोलेशन स्थापना गरेर कोरोना संक्रमितको उपचार गरिरहेको छ ।

जलजला गाउँपालिकामा सोमबार १७ जना संक्रमितहरु थपिएका छन् । हालसम्म २४५ जना संक्रमित भएको जलजलामा सक्रिय संक्रमितको संख्या १७३ र ज्यान गुमाउने पाँच जना छ । सबै भन्दा बढी वडा न. ३ मा ५२ जना सक्रीय संक्रमित छन् । ८६ वटा स्वाब नमुनाको नतिजा आउन बाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...