रघुगंगा र अन्नपूर्णका संक्रमितलाई आयुर्वेदिक औषधी बितरण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका कोरोना संक्रमितलाई आयुर्वदिक औषधी बितरण गरिएको छ ।

रघुगंगा गाउँपालिकाले पिप्ले स्थिति कोरोना अस्पताल, होमआइसोलेशनमा भएका तथा अन्नपूर्ण गाउँपालिकाले वडा न. ३ दानाका होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई परामर्शका साथै रोग प्रतिरोधात्मक क्षमताको आयुर्वेदिक औषधी वितरण गरिएको हो ।

रघुगंगाको आयुर्वेद स्वास्थ्य शाखाका प्रमुख लक्ष्मण चालिसेले संक्रमितहरुलाइ चेवन परस, भिटामिन सि युक्त आमलची चुर्ण, असोगन्ध चुर्ण, रोगप्रतिरोधात्मक क्षमता बढाउने चियाका लागि चिरकटु, यस्टीमधु, गुर्जो मिसाएर खुवाउने गरिएको छ ।

Shreekrishna

पिप्लेमा रहेको कोभिड अस्थायी अस्पतालमा भर्ना भएका विरामीहरुलाई उपचार संगै रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदीक विज्ञहरुबाट सिफारिस भएका औषधीहरु उपलब्ध गराउने गरिएको अस्पतालका डाक्टर सन्तोष प्रसाद बोहराले जानकारी दिनुभयो ।

यसैबिच गाउँपालिकाको विभिन्न वडाहरुमा कोरोना संक्रमण बढ्न थालेपछि गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीहरुको टोलीले संक्रमितको अबस्था बुझन र आवश्यक औषधीहरु घरघरमा पु¥याउने अभियान समेत सञ्चालन गरिएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सोमबार गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाही, आयुर्वेद औषधालय प्रमुख लक्ष्मण चालिसेले वडा नम्बर ४ दग्नाममा पुगेर संक्रमितहरुको अबस्था बुझने र उनीहरुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने र संक्रमितलाई आबश्यक पर्ने अत्यावश्यक औषधीहरु उपलब्ध गराउनुभएको छ ।

टोलीले दग्नाममा थपिएका कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ समेत गरेको छ । वडा नम्बर ४ दग्नाममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै संक्रमित होम आईसोलेसनमा रहेका छन् ।

यसैगरी अन्नपूर्ण गाउँपालिकाको आयुर्वेद स्वास्थ्य शाखाले दानाको डाडागाउँका ५५ घरधुरीलाई जडिवुटीयुक्त आयुर्वेद औषधी बितरण गरेको छ । शाखाका प्रमुख सुर्यमणी शाह, कार्यपालिका सदस्य थमबहादुर बिक, वडा सदस्य गंगा बिक, स्थानीय बेलबहादुर पुर्जा, कार्यालय सहयोगी रोशनी पुनको टोलीले औषधी बितरण गर्नुभएको थियो ।

कोरोनाको उच्च जोखिममा रहेको डाडागाउँमा कतारमा रहनुभएका स्थानीय जंगबहादुर बिकले उपलब्ध गराउनुभएको ५१ हजार ९५० रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सुकबहादुर बिक मार्फत बितरण गरिएको थियो । प्रतिव्यक्ति तीन वटा मास्क, प्रतिघर एक बोत्तल स्यानीटाइजर बितरण गरिएको हो ।
दानाका वडा अध्यक्ष नरसिंहबहादुर पुर्जा, दाना स्वास्थ्य चौकीका अनमी मिना नेपाली र प्रहरी चौकीका टोलीले डाडागाउँको स्थलगत निरिक्षण गरि निषेधाज्ञा र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । सक्रमितहरुलाई आत्मबल बढाउन परामर्शका साथै औषधीकरण पनि उपलब्ध गराउनुभएको दानाबाट गंगा पुनले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...