कसरी फैलिको म्याग्दीको ग्रामिण क्षेत्रमा कोरोना संक्रमण ? हटस्पटक पुग्दा जे देखियो

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिकाको वडा न. ४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना (भाइरस) संक्रमणको केन्द्र बनेको छ ।

तातोपानी कुण्ड स्नानका लागि आएका पाहुना मार्फत भित्रिएको कोरोना भोज भतेर र जमघटबाट टोल बस्ती हुदै नागरिकका घरसम्म पुगेको छ । सिंगाका वडा अध्यक्ष गोबिन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ जना भन्दा बढी संक्रमित र दुई जनाको ज्यान गएको छ ।

स्वास्थ्य कार्यालय र प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको बेनी नगरपालिकाका ५१ जना सबै संक्रमित वडा नम्बर ४ का हुन् । बैशाख २७ गते नगरपालिकाका स्वास्थ्यकर्मीहरुले लक्षण देखिएका र संक्रमितको नजिकको सम्पर्कमा रहेका ६७ जनाको सिंगामा स्वाब संकलन गरेका थिए ।

Shreekrishna hardwear in news

“तातोपानी, सिंगा, बास्कुना, थामडाडा, डाडाखेत र सुर्केमेलामा बढी संक्रमित छन । कतिले अझै परिक्षण गरेका छैनन,” संक्रमितलाई हौसला बढाउन र अवस्था बुझ्न सुर्केमेला, बास्कुना, थामडाडा पुगेर फर्कने क्रममा सोमबार दिउँसो सिंगाको पौडेलचोकमा भेटिनुभएका वडा अध्यक्ष पौडेलले भन्नुभयो “छुटेका र संक्रमितको नजिकको सम्पर्कमा व्यक्तिहरुको मंगलबार पुन ः तातोपानीमा स्वाब संकलन गर्दैछौ ।”

बेनी नगरपालिकाको वडा न. ४ को तातोपानी बजार र आसपाकसका क्षेत्र । फाइल तस्बिर

बैशाख १४ गते तातोपानीका होटल ब्यवसायीहरुलाई कोरोनाको लक्षण देखिएको थियो । वडा अध्यक्ष पौडेलका अनुसार यसअघि बेनी नगरपालिकाको वडा न. ४ मा १६ जना संक्रमित थिए । जुन दिनदेखि जिल्ला प्रशासन कार्यालयले म्याग्दीका तातोपानी कुण्ड बन्द गराउन निर्देशन दिएको थियो । प्रशासनको निर्देशन अघिनै तातोपानीमा भित्रिएको कोरोना फैलने क्रममा थियो ।

तातोपानीको छिमेकी बस्ती सिंगा, सुर्केमेला, डाडाखेत, बास्कुना र थामडाडामा १४ गतेपछि चौरासी, बिवाह, किरीया, ब्रतबन्ध जस्ता सांस्कृतिक कार्य भए । जहाँ भोजभतेर र जमघट भएको थियो । नागरिकहरु सचेत भइसकेका थिएनन् । मास्क, स्यानीटाइजरको प्रयोग र हात धुने अभ्यासप्रति ध्यान दिएनन् । प्रशासनले प्रतिबन्ध लगाएपनि सांस्कृतिक कार्यमा बाजागाजा, नाचगान र भोजभतेर चल्यो ।

तातोपानी स्नान र भ्रमणमा आएका सहरी क्षेत्रका पाहुना मार्फत भित्रिएको कोरोना समुदाय स्तरमा फैलाउन सांस्कृतिक कार्यले सहयोग पुगेको ठहर जिल्ला स्थित सुरक्षा निकाय, जनप्रतिनिधी, प्रशासन र सरोकारवालाले गरेका छन् । फैलिएको कोरोना नियन्त्रण गर्न सिंगा, तातोपानी लगायतका बस्तिका बासिन्दाहरु घरभित्रै बसेका छन् ।

Bhautik ministry notice about road

तातोपानीको उपल्लो र तल्लो बजार सोमबार दिउँसो सुनसान थियो । पसल, होटलहरु बन्द थियो । मानिसहरु झ्यालबाट बाहिर हेरिरहेका थिए । उनिहरु कोरोनादेखि डराएको जस्तो वातावरण थियो । लक्षण देखिएका र सम्पर्कमा रहेकाहरुको स्बाब परिक्षण, उपचारका साथै थप फैलिन नदिन सचेतनामुलक कार्यक्रम गरिएको वडा अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी सहितको टोली संक्रमितको घरमा पुगेर अवस्था बुझ्ने र हौसला दिन थालिएको बताउनुभयो ।

यसैबीच बेनी नगरपालिकाका ५१ सहित म्याग्दीमा सोमबार ८२ जना नयाँ संक्रमित थपिदा ५३ जनाले कोरोना जितेका स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना जित्नेमा बेनीका ३ महिनाका बच्चा देखि रघुगंगाका ८९ वर्षका वृद्धसम्म छन् ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले पिसिआर बिधिबाट गरिएको परिक्षणका क्रममा रघुगंगामा थप ११ जना संक्रमित भेटिएका छन् । उनिहरु सबै वडा न. ४ का हुन् । रघुगंगाको वडा न. ४ मा पर्ने दग्नाममा बैशाख तेस्रो साता भूमे पुजा भएको थियो ।

एन्टिजिन परिक्षणबाट रघुगंगामा ३ जना, धवलागिरीमा १४ जना, मंगलामा २ जना र अन्नपूर्णमा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो । धवलागिरीका संक्रमित वडा न. २ लुलाङ र लम्सुङका हुन् ।

हालसम्म ९६७ जना संक्रमित भएको म्याग्दीमा सक्रीय संक्रमितको संख्या ४४४ जना छ । म्याग्दीबाट पठाइएको ४१६ वटा स्वाब नमुनाको नतिजा आउन बाँकी छ । बैशाख २२ गते रातीदेखि सुरु भएको निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिएको छ ।

परिक्षणको दायरा बढाएपनि पिसिआरको नतिजा आउन ढिलाई हुँदा जोखिम र कोरोना नियन्त्रणमा चुनौति छ । पालिका स्तरमा आइसोलेशन सञ्चालन गरेका स्थानीय तहका जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरु लक्षण देखिएकाको परिक्षणका साथै होम आइसोलेशनमा बसेकालाई भेटेर हौसला बढाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी बितरण गरिरहेका छन् ।

बेनी अस्पतालमा सञ्चालित आइसोलेशनमा बिरामीको चाप बढेको छ । सोमबार केही समय अस्पताल परिसरमा संक्रमितलाई राखेर उपचार गर्ने ठाउँको अभाव भएको थियो । पोखरा पठाएको सिलिण्डर भरेर आउन ढिलाई हुँदा अक्सिजन अभाव हुने चिन्ताले चिकित्सक, स्वास्थ्यकर्मी र ब्यवस्थापन समितिका पदाधीकारी चिन्तित देखिन्थे ।

बेनी अस्पतालको आइसोलेशनमा ९ जना पुरुष र ७ जना महिला उपचाररत छन् । तीन जना निको भएर घर गएका छन् । १९ जनाको पिसिआर परिक्षणका लागि स्वास संकलन गरेको अस्पतालमा १२ जनाको एन्टिजिन परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजिन नेगेटिभ आएपनि चार जनालाई निगरानीमा राखेर उपचार गरिएको छ ।

बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा सोमबार १७ जना संक्रमितहरु थपिएका छन् । हालसम्म २४५ जना संक्रमित भएको जलजलामा सक्रिय संक्रमितको संख्या १७३ र ज्यान गुमाउने पाँच जना छ । सबै भन्दा बढी वडा न. ३ मा ५२ जना सक्रीय संक्रमित छन् । ८६ वटा स्वाब नमुनाको नतिजा आउन बाँकी छ । जलजला गाउँपालिकाले कोरोना रोकथामका लागि स्थापना गरेको विपद् ब्यवस्थापन कोषमा स्वदेश तथा बिदेशबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...