पिसिरआर रिपोर्ट आउन ढिलाई हुँदा कोरोना नियन्त्रणमा चुनौति

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा संकलन गरिएको स्वाब नमुनाको पिसिआर नतिजा आउन ढिलाई हुँदा महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) नियन्त्रणमा चुनौति देखिएको छ ।

म्याग्दीका ग्रामिण क्षेत्रमा पालिकाहरुले संकलन गरेको स्वाब नमुनाको नतिजा आउन केही दिनयता ढिलाई भएको छ । म्याग्दीमा संकलित नमुना पिसिआर परिक्षणका लागि पोखरा पठाउने गरिएको छ ।

लक्षण देखिएका र संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना संकलन गरेर पठाउने गरिएको छ । तर नतिजा आउन धेरै ढिलाई हुन थालेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

Shreekrishna hardwear in news

५ जना सक्रीय संक्रमित रहेका मालिका गाउँपालिकाले बैशाख २५ गते १० जनाको पिसिआर पठाएकोमा ३१ गते चार जनामा संक्रमण पुष्टि भएको थियो । मंगलाको छिसवाङका २६ गते १० वटा नमुना पठाएकोमा ७ जनाको पोजेटिभ आएको छ ।

देविस्थानमा बैशाख २८ गते संकलन गरेर पठाइएको १९ वटा नमुनाको रिपोर्ट आइनसकेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सन्तु कार्कीले बताउनुभयो । उहाँका अनुसार आइतबार रुमबाट थप ३४ जनाको स्वाबको नमुना संकलन गरिएको छ ।

दरवाङको छ्यारछ्यारेमा २० शैया क्षमताको आइसोलेशन बनाएको मालिका गाउँपालिकाले कोरोना संक्रमित खोज्न सबै वडामा पुगेर लक्षण देखिएकाको स्वाबको नमुना संकलन गर्ने कार्यक्रम बनाएको स्वास्थ्य संयोजक कार्कीले बताउनुभयो ।

कतिपय संक्रमितलाई कोरोनाको लक्षण देखिन छोडेपछि बल्ल नतिजा आएको अवस्था छ । पाँच सय बढी नमुनाको नतिजा आउन बाँकी छ । म्याग्दीमा आइतबार ११ जनामा कोरोना संक्रमण पुष्टि र १ जनाको मृत्यु भएको छ ।

Bhautik ministry notice about road

धवलागिरी गाउँपालिका–७ धारापानीका ओमप्रकाश केसीले लक्षण देखिएकाहरु पनि पिसिआर परिक्षण गर्नै नमान्ने र नमुना दिएका व्यक्तिहरु होम आइसोलेशनमा नबसीदिनाले कोरोना नियन्त्रणमा चुनौति देखिएको बताउनुहुन्छ ।

“स्वास्थ्य मापदण्ड पालना गरेर घर बस्नुपर्ने व्यक्तिहरु जमघट गर्ने, गाउँ डुल्ने जस्ता गतिबिधी भइरहेका छन,” उहाँले भन्नुभयो “लक्षण देखिएकाहरु पनि जति सम्झाई बुझाई गर्दा समेत नमुना दिनै नमान्दा समस्या बढाएको छ ।”

धवलागिरीका संक्रमित ताकम र लुलाङका धेरै छन् । लुलाङमा लक्षण देखिएका धेरै व्यक्तिहरु समस्या लुकाएर बसेको सूचना आएपछि आइतबार उपाध्यक्ष रेशम छन्त्याल, चिकित्सक एकराज भण्डारी, स्वास्थ्य संयोजक सम्झना खाती क्षेत्रीको टोली पुगेर एन्टिजिन परिक्षणका साथै जनचेतनामुलक कार्यक्रम गरेका छन् ।

गत वर्षको बन्दाबन्दीमा सक्रिय भएका टोल सुधार समिति, युवा क्लव, आमा समूहहरु यसपाली महामारी फैलिएपनि तुलनात्मक रुपमा कम परिचालन भएका छन् । केही ठाउँमा भने समुदाय अग्रसर र जागरुक भएका छन् ।

यसवर्ष स्वमसेवकको रुपमा भत्ता दिने ब्यवस्था नभएकाले बिषेश गरेर युवा क्लवहरु कोरोना रोकथाममा त्यती सक्रिय नभएको टिप्पणी हुन थालेको छ । त्यसो त स्वमसेवामा खटिने समुदाय आफै जोखिमको डरले पनि सक्रिय हुन सकेका छैनन् ।

केही ठाउँमा समुदायले बेवास्ता गर्दा कोरोना नियन्त्रणको जिम्मेवारी सुरक्षा निकाय र पालिकाका जनप्रतिनिधीहरुको मात्रै भएको जस्तो ब्यवहार देखिएको छ । प्रयोगशालाको क्षमता र जनशक्ति कम भएका कारण पिसिआर नतिजा आउन ढिलाई भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी केही ठाउँमा स्वाबको नमुना संकलनमा प्रक्रिया र मापदण्ड पुरा नभएकाले पनि परिक्षणमा ढिलाई भएको बागलुङको धौलागिरी अस्पतालले जनाएको छ । अस्पतालले आइतबार सूचनानै जारी गरेर स्वाब संकलनको मापदण्डका बिषयमा स्वास्थ्यकर्मीहरुलाई ध्यानाकर्षण गराएको छ । जिल्ला स्तरमै पिसिआर परिक्षणको प्रयोगशाला स्थापनाका लागि पहल र शंका लागेका लक्षण देखिएका व्यक्तिहरुलाई एन्टिजिन बिधीबाट परिक्षण गर्नुपर्ने देखिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...