मोनाले स्वास्थ्य उपकरण उपलब्ध गराउने

Gandaki Pardesh notice

बेनी । प्रवासी नेपाली म्याग्देली संघ (मोना) जन्मथलोका कोरोना संक्रमितहरुको सहज उपचारमा सघाउन स्वास्थ्य उपकरण उपलब्ध गराउने भएको छ ।

मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीको अध्यक्षतामा आइतबार बसेको भर्चुअल बैठकले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारका सघाउने निर्णय गरेको हो ।

Bhautik ministry notice about road

मोना अन्तराष्ट्रियका महासचिब बिक्रम कार्कीले विश्वका विभिन्न देशमा रहेका राष्ट्रिय समितिसँग समन्वय गरेर १२ वटा अक्सिजन कन्सनटे«टर उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । जिल्लामा आवश्यकताका आधारमा ती सामान प्रयोगमा ल्याइनेछ ।

Shreekrishna hardwear in news

रोजगारी, अध्ययन र पेशा ब्यवसायको शिलशिलामा बिदेशिएका म्याग्देलीहरुको साझा संस्था मोनाले प्रवासी म्याग्देलीहरुलाई परेको समस्या समाधानका अलावा जन्मभूमिको शिक्षा, स्वास्थ्य, विपद् ब्यवस्थापनको क्षेत्रमा समेत सघाउदै आएका छन् । मोेनाले म्याग्दीका पहिरो पिडितको ४० वटा घर पुननिर्माण अन्तिम चरणमा पुराएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...