बेनीमा कोरोना संक्रमितको उपचार कक्ष सञ्चालन

Gandaki Pardesh notice

बेनी । बेनी अस्पतालले आइतबारदेखि कोरोना संक्रमितको लागि हाई डिफिसेन्सी युनिट (एचडियु) सुबिधा सहितको २० शैया क्षमताको छुट्टै आइसोलेशन कक्ष सञ्चालन गरेको छ ।

बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको पाँच÷पाँच लाख रुपैयाँ सहयोगमा अस्पतालको निर्माणाधिन भवनको पाँच वटा कोठामा आइसोलेशन सञ्चालन गरेको हो । तीन वटा कोठा बिरामी राख्न र दुई वटा कोठा स्वास्थ्यकर्मी, चिकित्सकको लागि तयार पारिएको छ ।

निर्माणाधिन भवनका कोठा रंगरोगन, पार्टेशन, शौचालय निर्माण, पानी र बिद्युत जडान गरेर आइसोलेशन सुरु गरेको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

Shreekrishna hardwear in news

‘दुई वटा एचडियु शैया भएको आइसोलेशनका सबै शैयामा सिलिण्डरको अलावा प्रसोधन केन्द्रबाट सिधै पाइप मार्फत अक्सिजन आपुर्ति हुन्छ,’ उहाँले भन्नुभयो ‘एक–दुई दिनमा कोरोना संक्रमित महिलालाई शल्यक्रिया मार्फत प्रसुति सेवा सुरु हुन्छ ।’

प्रदेश सरकारले पठाएको तीस लाख रुपैयाँ बजेटबाट आइसोलेशनको क्षमता बढाउने तयारी भएको अध्यक्ष कटुवालले बताउनुभयो । दश वटा बिद्युतीय शैया जडान गरिएको छ । गत वर्ष शैक्षिक तालिम केन्द्रमा स्थापना गरिएको आइसोलेशनका सामग्री पनि प्रयोग भएको छ ।

कोरोना संक्रमितको मात्रै उपचार गर्न छुट्टै आइसोलशन कक्ष सञ्चालन भएपछि अस्पतालको अन्य नियमित सेवालाई निरन्तरता दिन सहज हुनेछ । हालसम्म आकस्मिक र अन्तरंग कक्षको साथै बरण्डामा शैया राखेर कोरोना संक्रमितको उपचार गरिएको थियो ।

बेनी अस्पताल परिसरमा अक्सिजन प्रसोधन केन्द्र सञ्चालन भएको छ । समुदाय स्तरबाट अक्सिजन र कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने उपकरण प्राप्त भइरहेको छ ।

आइतबार आइसोलेशनमा १७ जना उपचाररत छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरुको सहज पहुँच र निगरानी हुने भएकाले अस्पतालकै भवनमा आइसोलेशन बनाउन चिकित्सकहरुले सुझाव दिएका थिए । बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले अस्पताल परिसरमै भएको आइसोलेशनमा जनशक्ति ब्यवस्थापन र उपचारमा सहज हुने बताउनुभयो ।

७ दिन बेनी अस्पतालको आइसोलेशनमा उपचार गर्नुभएका मंगला–५ छिसवाङका मिनबहादुर मल्लले न्युन पुर्बाधार, उपकरण र सिमित जनशक्तिले पनि प्रभावकारी सेवा दिएको अनुभव सुनाउनुभयो ।

Bhautik ministry notice about road

‘यहाँ आउँदा घर फर्कन्छु जस्तो लागेको थिएन्,’ उहाँले भन्नुभयो ‘यहाँका डाक्टर र स्वास्थ्यकर्मीको राम्रो हेरचाहसँगै बलियो आत्मबलले कोरोनालाई जित्ने अवस्थामा छु ।’ समन्वय गरेर रिफर गरिएका संक्रमितले पोखरा, बागलुङमा शैया पाएपनि सिधै गएकालाई पाउन मुस्किल हुने गरेको छ । जिल्लामै संक्रमितको उपचार हुन थालेपछि विपन्न समुदायका नागरिकलाई राहत मिलेको छ ।

कोरोना संक्रमण लगायत स्वासप्रस्वास सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरेर गत वर्ष बेनी अस्पतालमा स्थापना भएको दुई वटा भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसीयु) भने सञ्चालनमा आउन सकेको छैन् ।

जनशक्ति अभावमा आइसीयु सञ्चालन गर्न नसकेको ब्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताउनुभयो । अस्पतालले बैशाख तेस्रो सातादेखि फिवर क्लिनिक सञ्चालन गरेको छ । छुट्टै ब्लकको भवनमा सञ्चालित बहिरंग, शल्यक्रिया लगायतका सेवालाई प्रभावित हुन दिइएको छैन् ।

सदरमुकाम बाहिरका अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र करिब एक सय शैया क्षमताको आइसोलेशन सञ्चालन गरेर कोरोना संक्रमितको गाउँमै उपचार गर्न थालेका छन् ।

नौ सय जना संक्रमित भएको म्याग्दीमा सक्रीय संक्रमितको संख्या ४५६ जना मध्य करिब ५५ प्रतिशत बेनी नगरपालिका र आसपासका क्षेत्रका छन् । कुल संक्रमित मध्य अन्नपूर्णका १६, रघुगंगामा १३, मंगलामा ९, धवलागिरीमा ४ र मालिकामा ३ प्रतिशत छन् । करिब बीस जनाले ज्यान गुमाएका छन् ।

बैशाख २२ गतेदेखि सुरु भएको निषेधाज्ञालाई जेठ १० गतेसम्म लम्बाइएको म्याग्दीमा लक्षण देखिएकाको नमुना संकलन र परिक्षणका साथै नजिकको सम्पर्कमा रहेकालाई स्थानीय तहले क्वारेन्टिन बस्न लगाएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

तातोपानीका कुण्ड, पर्यटकीय स्थलको चहलपहल, बिवाह, किरिया, ब्रतबन्ध, चौरासी, छेवार जस्ता सांस्कृतिक कार्यमा भएको जमघट, सहरी क्षेत्र र बिदेशबाट गाउँमा पुगेकाहरु क्वारेन्टिन नबस्दा कोरोना फैलिएको हो ।

प्रशासन र सरोकारवालाहरुबीच समन्वयको कमी, फितलो ब्यवस्थापन लगायतका कारणले पहिलो लहरको कोरोना नियन्त्रणमा सफल देखिएको म्याग्दी दोस्रो लहरमा कमजोर बनेको टिप्पणी भैरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...