म्याग्दी कांग्रेसद्धारा एम्बुलेन्स र ‘फुड बैंक’ सञ्चालन

Sinchai Khanipani notice

बेनी । कोरोनाको दोस्रो लहरसँगै संक्रमतिको उपचारका लागि एम्बुलेन्स र जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरेको ।

तिब्र गतिमा फैलिएको संक्रमणले निषेधाज्ञा थप हुने अवस्था देखिएपछि जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स, हेल्प डेक्सको स्थापनाका साथै खाद्यान्न लगायतको सहयोगका लागि ‘फुड बैंक’ स्थापना गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । हरेक दिन संक्रमतिको संख्या उकालो लागेपछि पार्टीले तीनवटै अभियानलाई एकसाथ सञ्चालन गर्न लागेको पार्टी सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले बताउनुभयो ।

Bhautik ministry notice about road

‘विपद्को समयमा हामी सधै म्याग्देली जनताको साथमै छौ,’ उहाँले भन्नुभयो ‘उपचारको अभाव र भोकभोकै बस्न नपरोस् भनेर समुदायस्तरमै पुग्ने गरी अभियानको थालनी गरेका छौ ।’
उहाले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले घर बाहिर ननिस्कन समेत अनुरोध गदैं उपचार र खाद्यान्नको समस्या परेमा सम्पर्क गनै समेत अपिल गर्नुभयो । तरुण दलले स्थानीय तहमा उपचारमा सघाइरहेको अवस्थामा पार्टीले समेत सदरुकामबाट बाहिर उपचारमा समस्या हुन नदिन थप सवारी साधनको ब्यवस्थापन गरेको सहसचिव भरत रकालले बताउनुभयो ।

Shreekrishna hardwear in news

उहाँका अनुसार पार्टी कार्यालयमा कोरोना हेल्प डेक्सको समेत स्थापना गरी समस्यामा परेकालाई सम्बन्धित निकायमा जानकारी सहित फुड बैंकमा खाद्यन्न सङ्कलन भइरहेको छ । ‘चाहिनेलाई दिन्छौ, दिन सक्नेहरुबाट सहयोग लिन्छौ’ सहसचिव रकालले भन्नुभयो ।

म्याग्दीमा दोस्रोपटक निषेधाज्ञाका थपिएका कारण विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले स्थापना गरिएको ‘फुड बैंक’ लाई प्रभावकारी बनाउन उपसमिति नै गठन गर्ने कांग्रेसले जनाएको छ । सोही अवसरमा गाउँमा समस्यामा परेका कृषकको समस्यालाई समेत सहजीकरण भइरहेको सह–सचिव रकालले बताउनुभयो । उहाँले अभियानमा सहभागी हुन समेत अपिल गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...