बेनी अस्पताललाई औजार र स्वास्थ्य सामग्री सहयोग

Beni Sanjibani

बेनी । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताललाई आइतबार विभिन्न व्यक्तिहरुले औजार, उपकरण र स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।

कालीपुलका ब्यवसायी तप्त र धनदेवी भण्डारीले रु. दुई लाख मूल्य बराबरको अक्सी कन्सन्ट्रेट, थर्ममिटर, चार्जेवल पल्स अक्सीमिटर लगायतका सामग्री सहयोग गर्नुभएको अस्पतालले जनाएको छ ।

मुक्तिनाथ हार्डवयर्स एण्ड सप्लायर्सका सञ्चालक भण्डारी दम्पत्तिले बेनी नगरपालिका–८ का अध्यक्ष रामकृष्ण बराइलीको उपस्थितिमा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

Mangala Health notice

भण्डारी दम्पत्तीले रघुगंगा गाउँपालिकालाई पनि खोप भण्डारण गर्ने रु. ६५ हजार मूल्य पर्ने डिफ्रिज र वाटर कुलर तथा ३५ हजार रुपैयाँ मूल्य बराबरको औषधी उपलब्ध गराउनुभएको छ ।
यसैगरी बेनी नगरपालिका–३ भकिम्लीको डाडाखानीको श्रिस ब्यवसायिक कृषि तथा पशुपालन फार्मका सञ्चालक तथा नेपाल बाख्रापालक कृषक महासंघका उपाध्यक्ष धनबहादुर श्रीसले बेनी अस्पताललाई दूई वटा ठूला अक्सिजन सिलिण्डर खरिद गर्न रु. पचास हजार उपलब्ध गराउनुभएको छ ।

Aantarik mamila Bal Marry sambandi

यसैगरी बेनी नगरपालिका–४ घर भई हाल फ्रान्समा रहेका मोना फ्रान्सका निवर्तमा अध्यक्ष हेम बानिया र उहाँकी श्रीमति पुनम बानियाले एक थान ठूलो सिलिण्डर उपलब्ध गराउनुभयो । रघुगंगा गाउँपालिका–२ भगवति घर भई पर्वत बेनीको हरि अटो पाट्सका सञ्चालक हरि भण्डारीले पनि बेनी अस्पताललाई एक थान अक्सिजन सिलिण्डर उपलब्ध गराउनुभएको छ । यस्तै हाल कतारमा रहनुभएका रघुगंगा–२ भगवतिका तिलु शर्मा पौडेलले बेनी अस्पतालका स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।

मोना कतारका निबर्तमान अध्यक्ष समेत रहेका पौडेलले जन्मदिनको अवसर पारेर २५ हजार रुपैयाँ मूल्य बराबरको सात प्याकेट मेडिकल पञ्जा र ६० लिटर स्यानीटाइजर उपलब्ध गराउनुभएको हो । भकिम्लीको डाडाखानी स्थित रिष्टा किराना स्टोर्सका सञ्चालक गोपाल भट्टचनले स्यानीटाइजर खरिद गर्न तीन हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...