बिरामीलाई अस्पताल पु¥याएर फर्कदै गरेको मंगला गाउँपालिकाको गाडी तोडफोड

Gandaki Kotihome

बेनी । कोरोना संक्रमितलाई यातायात सेवा दिदै आएको म्याग्दीको मंगला गाउँपालिकाको गाडी शनिबार राती तोडफोड भएको छ ।

बेनीबाट बाबियाचौर तर्फ जादै गरेको ग १ झ ४१६ नम्बरको बोलेरो जिप मंगला गाउँपालिका–२ सिमलचौरमा राती १२ बजे तोडफोड भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाडी तोडफोड गर्ने सिमलचौरका ३५ वर्षीय रमेश बानिया र २६ वर्षीय जिवन बानियालाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले बताउनुभयो ।

Upper Myagdi transmition line notice

‘उनिहरुले गाडी तोडफोड गरेर चालक रामु गिरीलाई कुटपिट गरेका थिए,’ उहाँले भन्नुभयोे ‘मदिरा सेवन गरेका बानियाद्धयले गाडी रोकेर आक्रमण गरेका थिए ।’ तोडफोड भएको गाडी जिल्ला प्रहरी कार्यालयलमा राखिएको छ ।

Annapurna aarohan ko notice

गाउँपालिकाका स्वास्थ्य संयोजक लेखनाथ रोका र चालक गिरी बिरामीलाई बेनी अस्पतालमा छोडेर बाबियाचौरतर्फ फर्कदै हुनुहुन्थ्यो । चालकलाई सामान्य चोटपटक लागेको छ । तोडफोडबाट गाडीको अगाडीको सिसा फुटेको छ । बिचको सिटको एक वटा झ्यालका सिसा फुटेको छ ।

गाउँपालिकाका पदाधीकारी र कर्मचारी चढ्दै आएको सो गाडी दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि संक्रमितलाई स्वास्थ्य संस्था र अस्पताल पु¥याउने काममा प्रयोग गरिदै आएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो ।

गाडीभित्रै अक्सिजन सिलिण्डर जडान गरेर बिरामीलाई राखेर अस्पताल लैजान प्रयोग गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...