धवलागिरी गाउँपालिका कोरोना संक्रमितको पहिचान, उपचार र ब्यवस्थानसँगै सचेतना बढाउन केन्द्रित

Sinchai Khanipani notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले नयाँ भेरियन्ट सहित दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमण तिब्र रुपमा फैलिन थालेपछि आइसोलेशन पुनःसञ्चालनमा ल्याएको छ ।

घट्टेखोला स्थित सामुदायिक भवनमा स्थापना गरिएको आइसोलेशन ताकम माविको भवनमा स्थानान्तरण गरेर पुनःसञ्चालन गरेको हो । गत कात्तिक महिनामा स्थापना गरिएको आइसोलेशन अस्पताल भएको ताकममा सारेर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष थमसरा पुनले गाउँपालिकाले कोरोना अस्पताल सञ्चालन गर्न गत पुषमा तीन महिनाका लागि नियुक्त गरिएका चिकित्सकको करार अवधी थप गरेर कोरोना संक्रमितको उपचारमा परिचालन गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news
आइसोलेशनमा रहेकाहरुलाई भेटेर हौसला प्रदान गर्दै धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन । तस्बिर सामाजिक सञ्जाल

दश शैया क्षमताको आइसोलेशनमा अक्सिजन लगायत कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधी, जनशक्ति र औजार ब्यवस्थापन गरिएको छ । चिकित्सक एकराज भण्डारीले एक जना संक्रमितले आइसोलेशनबाट सेवा समेत लिइसकेका बताउनुभयो ।

बिहिबार एक जना स्वास प्रस्वासमा समस्या देखिएपछि बेनी रिफर गरिएका लुलाङका शंकास्पद एक व्यक्तिको शिवाङ पुग्ने क्रममा ज्यान गएको थियो । ५१ वर्षीय ती पुरुषका भाईको केही दिन अघि कोरोना संक्रमणका कारण पोखरामा उपचारका क्रममा निधन भएको थियो ।
३७ वर्षका ती पुरुष कतारबाट घरमा आइपुगेको दुई दिनमै स्वासप्रस्वासमा समस्या देखिएपछि बेनी हुदै उपचारका लागि पोखरा गएका थिए । आइसोलेशन सञ्चालनका लागि गाउँपालिकामा रहेका मौजुदा स्वास्थ्यकर्मीहरुलाई परिचालन गरिएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना खाती क्षेत्रीका अनुसार ताकम र लुलाङ कोरोना संक्रमणबाट प्रभावित भएका छन् । ताकममा १४, मुनामा २, धारापानीमा २ र लुलाङमा सात जना संक्रमित भएका छन् ।

“ताकममा नयाँ संक्रमित थपिएपनि उनिहरुमा पखला, ज्वरो र रुघाखोकीको लक्षण छ,” चिकित्सक भण्डारीले भन्नुभयो “लुलाङका संक्रमितहरुमा बढी मात्रामा स्वासप्रस्वासको समस्या देखिएको छ ।”

ताकमबाट संकलन गरिएको २४ वटा स्वाब नमुनाको नतिजा आउन बाँकी छ । पिसिआर परिक्षणमा ढिलाई हुदाँ नतिजा आइदाँ कतिपय संक्रमित निको भइसक्ने अवस्था छ । जटिल अवस्थाका शंकास्पद बिरामीको कोरोना परिक्षणका लाई एन्टिजिन बिधी अपनाइएको छ ।

Bhautik ministry notice about road

आइसोलेशनबाट बेनी रिफर गरिएका एक जना निको भएका छन् । चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको टोली आइतबार एन्टिजेन बिधिबाट कोरोना परिक्षण तथा सचेतना अभिवृद्धीका लागि दोस्रो पटक लुलाङ जादैछन् ।

कोरोना नियन्त्रणका लागि धवलागिरी गाउँपालिकाले संक्रमितको पहिचान, ब्यवस्थापन, सुरक्षित उपचार र फैलिन नदिन जनचेतना अभिवृृद्धी गर्ने रणनीति लिएको छ । सामान्य अवस्थाकालाई होम आइसोलेशन, लक्षण देखिएकालाई पालिकाको आइसोलेशन र जटिल अवस्थाकालाई बेनीमा रिफर गर्ने गरिएको छ ।

कोरोना नियन्त्रणका लागि धवलागिरी गाउँपालिकाले संक्रमितको पहिचान, ब्यवस्थापन, सुरक्षित उपचार र फैलिन नदिन जनचेतना अभिवृृद्धी गर्ने रणनीति लिएको छ । सामान्य अवस्थाकालाई होम आइसोलेशन, लक्षण देखिएकालाई पालिकाको आइसोलेशन र जटिल अवस्थाकालाई बेनीमा रिफर गर्ने गरिएको छ ।

संक्रमितलाई स्वास्थ्य संस्था र अस्पताल पुग्नका लागि दुई वटा निजी गाडी भाडामा लिएर सेवा दिएको छ । गाउँपालिकाको गाडी पनि स्वास्थ्यकर्मीलाई बोक्न, स्वास्थ्य सामग्री ढुवानीमा परिचालन गरिएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक क्षेत्री र लुलाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रोशनी भण्डारी कोरोना संक्रमित हुनुभएको थियो ।

उहाँहरुले कोरोना जितेर संक्रमितको सेवामा परिचालन हुनुभएको छ । बिवाह, किरीया, छेवार, ब्रतबन्ध, पुजाआजा जस्ता सांस्कृतिक कार्यमा भएको जमघट, निषेधाज्ञापछि सहरी क्षेत्रबाट गएकाहरु एकान्तबास नबस्दा धवलागिरीमा कोरोना संक्रमण फैलिएको हो ।

बैशाख २३ गतेदेखि गाउँपालिका, वडा, बिषयगत शाखा कार्यालयको अति आवश्यक बाहेकको सेवा बन्द गरेर सबै शक्ति कोरोना नियन्त्रणमा लगाएको गाउँपालिकाले जनाएको छ । जेठ १० गतेसम्म स्थानीय प्रशासनले जिल्लाब्यापी निषेधाज्ञा गरेको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना, निषेधाज्ञाको पूर्ण कार्यान्वयनका साथै सचेतना फैलाउन वडाका जनप्रतिनिधी, युवा क्लव, आमा समूह, राजनीतिकर्मी र शिक्षकहरु समेत परिचालन भएका छन् । बिकास आयोजनाहरु भने स्थानीय स्तरमा उपलब्ध मजदुर परिचालन गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर निरन्तरता दिइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...