मल्लाजमा दश शैयाको आइसोलेशन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि वडा न. ३ मल्लाजमा दश शैया क्षमताको आइसोलेशन स्थापना गरेको छ ।

यसअघि वडा न. ८ मा पर्ने नाग्लीवाङमा २० शैया क्षमताको आइसोलेशन सञ्चालनमा ल्याएको जलजलाले शुक्रबारदेखि मल्लाजमा अर्को आइसोलेशन तयार पारेर संक्रमितको उपचार सुरु गरेको हो ।

वडा न. ३ को कार्यालय रहेको गाउँपालिकाको भवनका खाली कोठाहरुलाई ब्यवस्थापन गरेर आइसोलेशन बनाइएको छ । कोरोना संक्रमितको सहज, सुरक्षित र ब्यवस्थित उपचारका लागि स्थापना गरिएको आइसोलेशनमा स्वास्थ्यकर्मी खटाइएको छ । अक्सिजन सिलिण्डरको पनि ब्यवस्थापन गरिएको छ ।

Shreekrishna hardwear in news

मल्लाज जलजलाको कोरोना संक्रमणको हटस्पट बनेको छ । मल्लाज क्षेत्रमा पर्ने जलजला १ मा ४, २ मा १५, ३ मा ५१, ४ मा ९ र ५ मा २ जना सक्रीय संक्रमित छन् । हालसम्म १६७ जना संक्रमित भएको जलजलामा ६७ जना निको, पाँच जनाको मृत्यु र ९८ जना सक्रिय संक्रमित छन् ।

Bhautik ministry notice about road

पछिल्लो २४ घण्टामा १३ जना संक्रमित थपिएका, दुई जना निको भएका, एक जनाको मृत्यु र तीन जना आइसोलेशनमा छन् । हालसम्म एक हजार १०२ वटा नमुना संकलन गरिएकोमा १६५ वटाको नतिजा आउन बाँकी छ । आइसोलेशनमा उपचार गरेका शनिबार दुई जना डिस्चार्ज हुँदा दुई जना नयाँ संक्रमित आइसोलेशनमा ल्याइएको छ ।

वडा र बस्ति स्तरमा सचेतनामुलक कार्यक्रमसँगै संकास्पद र लक्षण देखिएकाहरुको स्वाबको नमुना संकलन कार्यलाई तिब्रता दिइएको छ । यसैगरी कोरोना रोकथामका लागि जलजला गाउँपालिकाले विपद् ब्यवस्थापन कोषमा सहयोगको अपिल गरेको छ ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले व्यक्तिगत रुपमा एक लाख रुपैयाँ कोषमा सहयोग गर्नुभएको छ । अध्यक्ष मल्लले प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मालाई बिहिबार नगद हस्तान्तरण गर्नुभएको थियो । उहाँले आफ्नो उद्योगमा भएका पाँच थान अक्सिजन सिलिण्डर पनि गाउँपालिकालाई उपलब्ध गराउनुभएको छ ।

सो कोषमा जलजला २ गैराटोल स्थित समाजकल्याण आधारभूत बिद्यालयका शिक्षकहरुले दुई दिनको तलब बराबर ११ हजार पाँच सय रुपैयाँ उपलब्ध गराउनुभएको छ । गाउँ कार्यपालिकाको सामाजिक बिकास समितिका संयोजक समेत रहनुभएका वडा नम्बर २ का अध्यक्ष गोबिन्द खत्रीलाई विद्यालयका प्रअ डम्मरबहादुर जिसीले शुक्रबार रकम हस्तान्तरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...