घोडेपानी भ्रमणमा नजान स्थानीयको आग्रह

Sinchai Khanipani notice

बेनी । म्याग्दीको पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी भ्रमणमा रोक लगाइएको छ ।

पछिल्लो एक महिनायता नेपालमा महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरसको बढ्दो संक्रमणका कारण घोडेपानीका बासिन्दाले भ्रमणमा अनिश्चितकालका लागि रोक लगाउने निर्णय गरेका हुन् ।

घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बैठक बसेर भ्रमणमा रोक लगाउने निर्णय भएको बताउनुभयो । कोरोनाको महामारी र निषेधाज्ञाको अवस्थामा पनि केही मानिसहरु अटेरी गर्दै घुमघामका लागि आउने गरेका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अर्को निर्णय नहुँदा सम्मका लागि घोडेपानी, पुनहिल क्षेत्रमा भ्रमणमा नआई कोरोना नियन्त्रणमा सहयोग गर्न अध्यक्ष गर्बुजाले आग्रह गर्नुभएको छ । घोडेपानीमा छ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा दुई जना निको भएका छन् ।

२०७६ चैत महिनादेखि बन्द भएको घोडेपानी पुनहिल क्षेत्र गत पुष महिनादेखि खुलाइएको थियो । करिब चार महिना सामान्य चहलपहल भएको घोडेपानी पुनहिल क्षेत्र दोस्रो लहरको कोरोना महामारी फैलिएपछि पुन सुनसान बनेको छ ।

सुर्योदय, गुरासे जंगल, वनस्पति, हिमशृङखलाको अवलोकनका लागि घोडेपानी, पुनहिल क्षेत्र आकर्षक गन्तब्य हो । घोडेपानी पुनहिल क्षेत्र अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य मानिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...