पछिल्लो २४ घण्टामा म्याग्दीमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै कोरोना संक्रमित थपिए

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा पछिल्लो २४ घण्टाको अवधिमा २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामा पछिल्लो २४ घण्टामा ७७० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सबैभन्दा बढी म्याग्दीका रहेका छन् । यो संख्या म्याग्दीमा पनि हालसम्मकै उच्च हो ।
स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर बिधिबाट पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा २२३ र एन्टिजिन बिधिबाट गरिएको परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै भन्दा बढी अन्नपूर्ण गाउँपालिकामा ७५ जना संक्रमित भेटिएका छन् । बेनी नगरपालिकामा ६८, रघुगंगा गाउँपालिकामा ५७ र मंगला गाउँपालिकामा २८ जनामा कोरोना पुष्टि भएको कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

यसैगरी धवलागिरी गाउँपालिकामा तीन जना, जलजलाका तीन जना र मालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । योसँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ८७९ जना पुगेको छ । ७६९ जना पिसिआर र ११० जनामा एन्टिजिन बिधीबाट परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

Bhautik ministry notice about road

शनिबार दिउँसो ४ बजे पछिल्लो २४ घण्टामा गरिएको कोरोना परिक्षणको नतिजा सार्वजनिक भएको हो । पछिल्लो २४ घण्टाभित्र १० जनाले कोरोना जितेका छन् । सक्रीय संक्रमितको संख्या ४४५ जना छ । ४२८ वटा नमुनाको नतिजा आउन बाँकी छ ।

यसैबीच बेनी नगरपालिका–५ ठेगाना भएकी ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलाको शुक्रबार राती पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैगरी बेनीसँगै रहेको जलजला गाउँपालिका–४ का ४५ वर्षीय एक पुरुषको पनि शुक्रबार राती पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । म्याग्दीको ग्रामिण क्षेत्रबाट संकलन गरेर पठाइएको स्वाबको नमुनाको नतिजा आएपछि गाउँमा पनि कोरोना महामारी तिब्र रुपमा फैलिएको आकलन भएको छ ।

स्थानीय तहहरुले घुम्ति टोली परिचालन गरेर गाउँका लक्षण देखिएका र शंकास्पद व्यक्तिहरुको स्वाबको नमुना संकलन गरेर पठाएका थिए । बिवाह, छेवार, ब्रतबन्ध, किरीया जस्ता सांस्कृतिक कार्य, मेलाजात्रा र पर्यटकीय स्थलमा भएको जमघट र भिडले कोरोना संक्रमण फैलिएको हो ।

कोरोना नियन्त्रण गर्न म्याग्दीमा बैशाख २२ गतेदेखि सुरु भएको निषेधाज्ञालाई जेठ १० गतेसमम लम्बाइएको छ । निषेधाज्ञाको कडाइएका साथै कार्यान्वयनका साथै संक्रमितको ब्यवस्थापन, सुरक्षित उपचारमा ध्यान दिनुपर्ने देखिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...