कारागारमा आयुर्वेदिक औषधी

Gandaki Pardesh notice

बेनी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले प्रहरी र कैदीबन्दीका लागि बिहिबार रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी उपलब्ध गराएको छ ।

स्वास्थ्य प्रर्वद्धनका लागि जिवनशैली परिवर्तन कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय र कारागार शाखालाई कोरोना महामारीको संक्रमण रोकथामलाई लक्षित गरेर औषधी उपलब्ध गराएको केन्द्रले जनाएको छ ।

Bhautik ministry notice about road

कारागारमा १५० बट्टा असोगन्धा, १५० बट्टा भिटामिन सि पर्याप्त पाइने अमला चुर्ण र २० बट्टा तुलसी चिया उपलब्ध गराइएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालयलाई पनि २०÷२० बट्टा असोगन्धा, अमला चुर्ण र तुलसी चिया उपलब्ध गराएको केन्द्रका निमित्त प्रमुख प्रेम गौतमले बताउनुभयो ।

Shreekrishna hardwear in news

कारागार र प्रहरी कार्यालयमा रहेका कोरोना संक्रमितहरुले सेवन गर्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी दिइएको हो । कारागारमा हाल १३० जना कैदीबन्दी छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष जिबनबहादुर विश्वकर्मा, केन्द्रका निमित्त प्रमुख प्रेम गौतम र समितिका सदस्य उत्तम कर्माचार्यले प्रहरी नायव उपरिक्षक श्यामकुमार राई मार्फत जिल्ला कारागार शाखाका प्रमुख धिरेन्द्रराज पन्तलाई औषधी हस्तान्तरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...