मिस्ट्रीखोलाको बिद्युत राष्ट्रिय प्रणालीमा जोडियो

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत बिहिबार देखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले दाना सबस्टेशन मार्फत केन्द्रिय प्रणालीमा बिद्युत पठाएको हो । आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काले तीन वटै युनिटबाट उत्पादीत बिद्युत केन्द्रिय प्रणालीमा जोडिएको जानकारी दिनुभयो

“मिस्ट्रीखोलाबाट उत्पादीत बिद्युत सिम्क्रोनाइज गरेर केन्द्रिय प्रणालीमा जोडियो,” उहाँले भन्नुभयो “परिक्षणका लागि आयोजनाका सबै युनिट सञ्चालन गरेका छौ ।” परिक्षण उत्पादन र सब स्टेशनमा जोड्न नेपाल बिद्युत प्राधिकरणको प्राबिधिक टोली नारच्याङ आएको छ ।

Shreekrishna hardwear in news

नारच्याङको बेशीगाउँदेखि दाना स्थित २२० केभी क्षमताको सबस्टेशन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइनको केही दिनअघि गरिएको परिक्षण सफल भएको थियो । परीक्षण उत्पादनको चरण दुई हप्ताको हुनेछ । १५ दिनसम्म प्राधिकरणलाई निशुल्क विद्युत दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने आयोजना प्रमुख दिपककुमार शाहले बताउनुभयो ।

यसअघि २०७७ चैत १५ देखि विद्युत उत्पादन सुरु गर्ने तालिका बनाएपनि आयोजना स्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना संक्रमित भएपछि करिब डेढ महिना पछाडी धकेलिएको हो ।

Bhautik ministry notice about road

२०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर बिद्युत उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।

बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युतगृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ ।

रु. पाँच अरब ६४ करोड लागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत रु. १३ करोड ४३ लाख रहेको छ । यो स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना पनि हो ।

प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले रु. ७० करोड, जलविद्युत विकास कम्पनीले रु. एक अरब र नेपाल बैंकले रु. ५० करोड ऋण लगानी गरेका छन् । यसैगरी नविल बैंकले रु. एक अरब, लक्ष्मी बैंकले रु.४० करोड, सिद्धार्थ बैंकले रु. ३० करोड र एस डेभलभमेन्ट बैंकको रु.३० करोड ऋण लगानी रहेको छ ।

आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दाहरुलाई दश लाख कित्ता सेयर बाँडफाड गरिएको छ । साधारण सेयर पनि बाडफाँड भइसकेको छ ।
विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि निर्माण सुरु भएको थियो ।

मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ । ५ मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन सुरु गरेको छ ।
अन्नपूर्ण–३ दाना देखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दुरीको २२० केभी क्षमताको बिद्युत प्रशारण लाइन गत माघमा निर्माण सकिएको थियो । माउन्टेन इनर्जीले यसअघि नुवाकोटमा ५ मेगावाटको तादी खोलाको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । मिस्ट्री खोलाबाट विद्युत उत्पादन भई निस्कने पानीको उपयोग हुने गरी मिस्ट्री खोला–२ क्यासकेड आयोजना पनि कम्पनीले निर्माण गर्दैछ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...