कार्यालय र बैंक पनि बन्द गर्ने आदेश सहित म्याग्दीमा दश दिन निषेधाज्ञा थपियो

Sinchai Khanipani notice

बेनी । कार्यालय, बैंक समेत बन्द गर्ने गरी म्याग्दीमा कोरोना भाइरस नियन्त्रण र ब्यवस्थापनका लागि बैशाख २२ गते रातीदेखि जारी निषेधाज्ञा दश दिन थपिएको छ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले यसअघि बैशाख ३१ गते सम्मका लागि गरिएको जिल्लाब्यापी निषेधाज्ञालाई २०७८ जेठ १० गतेसम्म लम्बाउने निर्णय गरेको हो ।

बढ्दो कोरोना भाइरसको संक्रमण र मृत्यु दर नियन्त्रणका लागि सरोकारवालाहरुको सुझाव र जोखिमको आँकलन गरेर निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पहिलो चरणमा खुला गरिएका बैक, सरकारी कार्यालय र गैरसरकारी संघ संस्था समेत बन्द गरिने भएको छ । अत्यावश्यक बाहेकका पसल खोल्न र बिरामी बोकेका बाहेक सार्वजनिक यातायात साधन सञ्चालनमा समेत रोक लगाइएको छ ।

बैंक तथा बित्तीय संस्थाले प्रशासन तथा स्थानीय तहको अनुमतिमा मात्र कार्यालय खोल्न पाउने भएका छन् । पूर्व निर्धारित विवाहमा घरपरिवार मात्रै सहभागी हुन पाउने, मृत्यु संस्कारका कार्यहरुमा जनस्वास्थ्यका मापदण्डको पालना गरि न्युनतम मानिसहरु मात्रै सहभागी भएर सम्पन्न गर्न आग्रह गरिएको छ ।

वैशाख २२ गतेदेखि बेनी नगरपालिकामा, २६ गतेदेखि मंगला गाउँपालिकामा र २७ गतेदेखि अन्नपूर्ण गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको थियो भने आन्तरिक रुपमा आवत जावतमा रोक लगाएका मालिका, धवलागिरि र रघुगंगा गाउँपालिकाले समेत लकडाउनको लागि सिफारिस गरेपछि वैशाख २८ गतेदेखि जिल्लाका सबै स्थानीय तहमा लकडाउन गरिएको थियो ।
लकडाउन अवधिमा अत्याबश्यक बाहेकको यातायात, बजार, होटल, लगायतका क्षेत्र बन्द भएका छन् । निषेधाज्ञा अवधिमा आफ्नै खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, लगायतका अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन र हिँडडुल नगर्न आग्रह गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...