प्रहरीले बेनीमा अक्सिजन सिलिण्डर संकलन गरेर अस्पताललाई बुझायो

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा कोरोना (भाइरस)का संक्रमितको उपचारमा अभाव देखिएको अक्सिजन सिलिण्डर संकलन गर्न थालिएको छ ।

जिल्ला प्रहरी कार्यालयले बिहिबार बेनी बजारका विभिन्न ठाउँबाट २२ वटा अक्सिजन सिलिण्डर संकलन गरेर बेनी अस्पताललाई उपलब्ध गराएको छ । प्रहरी नायव उपरिक्षक श्यामकुमार राई र राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत महेश गुरुङको संयुक्त टोलीले सिलिण्डर संकलन गरेको हो ।

आठ वटा पसल, ग्यारेज तथा उद्योगमा रहेका ११ वटा १२ वटा भरिएको र १० वटा खाली सिलिण्डर संकलन गरेर प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको उपस्थितिमा बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरिएको प्रनाउ राईले बताउनुभयो ।

Shreekrishna hardwear in news

कोरोना महामारीको अवस्था सहज भएपछि सम्बन्धित व्यक्तिहरुलाई फिर्ता गर्ने गरि सबै प्रक्रिया पुरा गरेर अक्सिजन सिलिण्डर संकलन गरिएको उहाँले बताउनुभयो । एक ठाउँमा ब्यापारीले गोदाममा लुकाएर राखेको अवस्थामा छापा मार्दा अक्सिजन भेटिएको प्रनाउ राइले बताउनुभयो ।

Bhautik ministry notice about road

कोरोनाका संक्रमितको संख्या बढेसँगै देशभर अक्सिजनको अभावमा उपचार प्रभावित बनेको छ । म्याग्दीमा पनि अक्सिजन अभावको अवस्था आउन नदिन अक्सिजन सिलिण्डर संकलन र भरेर राख्ने ब्यवस्था मिलाइएको प्रजिअ अधिकारीले बताउनुभयो । प्रहरीले संकलन गरेको सूचना अनुसार म्याग्दीमा करिब तीन सय थान अक्सिजन सिलिण्डर छन् ।

यसैबीच बिहिबार नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडद्धारा सञ्चालीत राहुघाट जलबिद्युत आयोजनाले बेनी अस्पताललाई २० थान सिलिण्डर उपलब्ध गराएको छ । बेनी अस्पतालसँग ५४ थान सिलिण्डर थियो ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कटुवालका अनुसार २५ वटा सिलिण्डर रिफिल गर्न पठाइएको छ । अस्पतालको ३० वटा शैयामा अक्सिजन उत्पादन केन्द्रबाट पाइप मार्फत सिधै अक्सिजन पठाउने ब्यवस्था मिलाइएको छ ।

बेनी अस्पतालको अक्सिजन उत्पादन केन्द्रलाई म्याग्दीको अक्सिजन बैंक बनाउने तयारी भएको छ । व्यक्तिका घर तथा पसलमा प्रयोग बिहिन अवस्थामा रहेका सिलिण्डर समेत उपलब्ध गराउन अपिल गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...