प्रवासी काउलेगौडाबासीद्धारा स्वास्थ्य सुरक्षा सामग्री

Gandaki Pardesh notice

बेनी । प्रवासमा पुगेका बेनी नगरपालिका–९ काउलेगौडाबासीहरुले जन्मथलोमा रहेकाहरुलाई कोरोना भाइरसको महामारीबाट जोगाउन स्वास्थ्य सुरक्षाका सामग्री पठाएका छन् ।

१५८ घरधुरीलाई प्रतिघर ५० पिस मास्क, एक वटा साबुन उपलब्ध गराएका प्रवासीहरुले निषेधाज्ञाबाट प्रभावित विपन्न पाँच परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

Bhautik ministry notice about road

प्रवासमा रहेका काउलेगौडाका युवा दिनेश बस्नेतको संयोजन र काउलेगौडा युवा क्लवका युवाहरूको ब्यवस्थापनमा करिब ६० हजार रुपैयाँ बराबरको सामाग्री सबै घर धुरीलाई बितरण गरिएको थियो ।

Shreekrishna hardwear in news

स्थानीयलाई आवश्यक सामाग्री सर्जिकल माक्स साबुन तथा अति बिपन्न बर्गका परिवारका लागि आवश्यक खाद्यान्न चामल दाल नुन तेल खरिद गरि वितरण गरिएको निर्मल खत्रीले बताउनुभयो ।

उहाँका अनुसार युवा क्लबका सदस्यले कोरोनाबाट बच्नका लागि जनचेतनामुलक कार्यक्रम समेत गरेका थिए । पछिल्लो समय घतानका युवाहरुले आफ्नो जन्मभुमीको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...