मिस्ट्रीखोला बिद्युत उत्पादनको अन्तिम तयारीमा

Gandaki Pardesh notice

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलबिद्युत आयोजनाले बिद्युत उत्पादनको अन्तिम तयारी गरेको छ ।

माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले परिक्षण उत्पादनको अन्तिम तयारी गरेको हो । आयोजनाका प्रमुख दिपककुमार शाहले एक÷दुई दिनमै परिक्षण उत्पादन सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

“बिद्युतगृहमा जडान गरिएका टर्वाइन र जेनेरेटरलाई नो लोड क्षमतामा चलाएर परिक्षण गर्ने काम सकिएको छ,” उहाँले भन्नुभयो “परिक्षण उत्पादन र सब स्टेशनमा जोड्न नेपाल बिद्युत प्राधिकरणको प्राबिधिक टोली नारच्याङ आउनु भएको छ ।”

Shreekrishna hardwear in news

नारच्याङको बेशीगाउँदेखि दाना स्थित २२० केभी क्षमताको सबस्टेशन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइनको केही दिनअघि गरिएको परिक्षण सफल भएको थियो । परीक्षण उत्पादनको चरण दुई हप्ताको हुनेछ । १५ दिनसम्म प्राधिकरणलाई निशुल्क विद्युत दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने शाहले बताउनुभयो ।

यसअघि २०७७ चैत १५ देखि विद्युत उत्पादन सुरु गर्ने तालिका बनाएपनि आयोजना स्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना संक्रमित भएपछि करिब डेढ महिना पछाडी धकेलिएको हो ।

Bhautik ministry notice about road

२०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर बिद्युत उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।

बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युतगृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ ।

रु. पाँच अरब ६४ करोड लागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत रु. १३ करोड ४३ लाख रहेको छ । यो स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना पनि हो ।

प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले रु. ७० करोड, जलविद्युत विकास कम्पनीले रु. एक अरब र नेपाल बैंकले रु. ५० करोड ऋण लगानी गरेका छन् । यसैगरी नविल बैंकले रु. एक अरब, लक्ष्मी बैंकले रु.४० करोड, सिद्धार्थ बैंकले रु. ३० करोड र एस डेभलभमेन्ट बैंकको रु.३० करोड ऋण लगानी रहेको छ ।

आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दाहरुलाई दश लाख कित्ता सेयर बाँडफाड गरिएको छ । साधारण सेयर पनि बाडफाँड भइसकेको छ ।
विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि निर्माण सुरु भएको थियो ।

मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ । ५ मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन सुरु गरेको छ ।
अन्नपूर्ण–३ दाना देखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दुरीको २२० केभी क्षमताको बिद्युत प्रशारण लाइन गत माघमा निर्माण सकिएको थियो । माउन्टेन इनर्जीले यसअघि नुवाकोटमा ५ मेगावाटको तादी खोलाको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । मिस्ट्री खोलाबाट विद्युत उत्पादन भई निस्कने पानीको उपयोग हुने गरी मिस्ट्री खोला–२ क्यासकेड आयोजना पनि कम्पनीले निर्माण गर्दैछ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...