गरिवी निवारणमा जलविद्युत आयोजनाको भूमिका

khali

रामकुमार खड्का
जलविद्युतको विकास समग्र राष्ट्र र जनताको हितमा छ भन्ने विषयमा यो साक्षात्कार प्रष्ट छ । ग्रामिण गरिवी न्युनिकरणको लागि जलविद्युतको विकास आबश्यक छ भन्ने कुरामा विश्वास गर्दछ । रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विकास, समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न जलविद्युतको विकास हुनु पर्दछ भन्ने मान्यता हो उसको । तर पनि आयोजना निर्माण, संचालन तथा उत्पादनको तयारी हुँदै गर्दाको अबस्थामा सुनिएका, देखिएका, भोगिएका, विरोधाभाषपूर्ण तर्क वितर्कको सन्दर्भमा बास्तबिकता के हो त ? भन्ने सन्दर्भमा चिरफार गर्ने जमर्को ग¥यो ।
जमघट ठूलै थियो । विद्यालयको प्राङ्गणमा महिला तथा सज्जनबृन्दको बाक्लो उपस्थिती थियो । बृहद छलफल चल्दै थियो । सहभागी मध्येका कसैले गाँउसम्म जाने बाटो साँघुरो भएकोले आवतजावतमा कठिनाई भएको हुँदा सवारीसाधन चलाउने चौडा बाटो बनाईदिन माग गरेका थिए । कसैले विद्यालयमा शिक्षक अभाव भएको र पठनपाठनमा समस्या भएकोले शिक्षक नियुक्तिको माग तेर्साउँथे । आमा समूहको तर्फबाट भवन निर्माणको लागि सहयोगको माग गरेका थिए । युवा क्लबले खेलमैदान निर्माणको लागि सहयोगको अपेक्षा गरेका थिए । यी र यस्तै खालका मागका चाङ लागेका थिए । आयोजना प्रर्बढकले कसको कुरा सुनोस, कसको मात्र माग पुरा गरोस् । आयोजना प्रबद्र्धकहरु स्थानीयका माग, गुनासा, तर्क विर्तक सुनेर असिन पसिन भएका थिए । त्यसै भीड मध्येको एकजना वयस्कले उठेर मधुर स्वरमा अकमकिदै प्रबद्र्धक समक्ष आफ्नो माग तेर्सायो । अरुको भन्दा उसको माग फरक थियो । सवैले विकास निर्माणका विषय उठान गरेका थिए । तर उसले जीविकोपार्जनको कुरा ग¥यो । रोजीरोटीको कुरा उठायो । रोजगारीको विषयमा बोल्यो । प्रबद्र्धक समक्ष शिर निहुराउँदै विन्ती विसायो—“हजुर ढिंडो पेटभरी खान पाइयोस, खान नपाएर कोही भोकै बस्न नपरोस ।”
उसको याचना जीवनयापनसंग सम्बन्धित थियो । बयस्कको आग्रह जाहेज थियो । गाँउलेको आबश्यकताको विषयमा बोल्यो । समग्र गा्रमीण गरिवी न्युनीकरणको विषयमा कुरा उठायो । सम्पूर्ण गाउलेँको आर्थिक समृद्धीको विषयमा बोल्यो । उसको कुरा सुनेर सवैले ताली बजाए । सवैले उसको तारीफ गरे । यतिन्जेलसम्म गलफत्ती मात्रै भइरहेको थियो, बास्तविक कुरा त बल्ल आयो, चुरो कुरो त यो पो त भनेर सबैले उसको प्रशंशा पनि गरे । प्रशंशा गरेको देखेर उ पनि दङ्ग प¥यो । गाउँलेका कुरा सुनेर प्रवद्र्धक पनि खुशी भए । उनी मुसुमुसु हाँसीरहेका थिए । प्रर्बद्र्धक गाउँलेका आबश्यकता के हो भन्ने विषयमा जानकार थिए । बास्तविक समस्या पहिचान भएकोमा उनी खुशी देखिन्थे । उनी गाउँेको आर्थिक समृद्धी र गरिवी निवारणको लागि सहयोग गर्न चाहन्थे ।
ती चतुर पर्बद्धकले बयस्कको आग्रहलाई सम्बोधन गरिहाले । यहाँका बासीन्दाले अब उप्रान्त ढिंडो खाने छैनन्, पेट भरी, अघाउन्जेली भात खानेछन् । सवैले ताली पिटे, खुशी भए । प्रबद्र्धकलाई धन्यबाद दिए । कचहरी सकियो । प्रबद्र्धक गाउँलेसंग विदावारी भए । गाउँलेहरु पनि घरतिर लागे ।
यहाँ चर्चा गर्न खोजिएको विषय भातढिंडोको होइन । ढिंडोको प्रशंग उठाएर हेलाहोचो गर्न खोजिएको पनि होइन । स्थान विशेष अनुसार खाद्यान्न फरक फरक हुन्छन् नै । बयस्कले उठाएको प्रशंग गाउँलेको बास्तविक समस्यासंग मेल खान्थ्यो । प्रर्बद्धक पनि उदार थिए । उनले समग्र ग्रामीण गरिवी निवारणको लागि खाका तयार गरेका थिए । उनले गाउँलेले मागे भन्दा बढी दिन चाहेका थिए ।
पशंङ्ग त्यत्तिकै टुङ्गिदैन । सवैको सहमतीमा आयोजनाको काम अगाडी बढ्छ । आयोजना निर्माणका कामहरु तीब्रगतिमा अगाडी बढ्दै जान्छन् । त्यही गाउँका तन्नेरीहरुले काम पाउँछन् । तरुनीहरुले भात भान्साको काम सम्हाल्छन् । केही तरुनीहरुले सरसफाईको काम गर्दछन् । ढल्किदो उमेरका बुढापाकाले पनि सुरक्षा गार्डको काम पाउँछन् । वल्लोपल्लो, लेकबेशी, खोलावारी, खोलापारीका टाठाबाठा युवा जमातले ठेक्कापट्टाको काम पाएछन् । खेती किसानी गरेर जहान परिवार पाल्दै आएका पल्लो खोलाको दाईले त अफिसमा काम पाएछन् । वल्लो खोलाको भाईले गाडीभाडामा लगाएछन् । त्यही भाईको सिको गरेर अरु भाईहरुले पनि गाडी किनेछन् र भाडामा लगाएछन् । अहिले गाउँमा दश बाह् वटा त गाडीनै भैसकेछन् । त्यसै गाउँका दुईजना भाईहरुले डोजर किनेछन् र आयोजनाको काममा लगाएछन् ।

आयोजनाले गाउँभरी बाटो बनाइदिएछ । नदीमा पुल हालीदिएछ । सरर गाडी बेशीहुँदै लेकसम्म, फेदी हुँदै हिमालको जरासम्म पुग्दो रहेछ । खोलावारी, खोलापारी, वल्लोगाउँ, पल्लोगाउँ सवैतिर बाटो पुगेछ । बाटोघाटोको सुविधा भएपछी गाउँको रौनकनै अर्कै भएछ । पहिला शहर जानु पर्दा पल्लो गाउँ भएर जानु पर्दथ्यो रे । साघँु तरेर शहर पुगेर गाउँ फर्कन दुई दिन लाग्थ्यो रे । अहिले त शहर पुगेर गाउँ फर्किन पुरा एक बिहान पनि लाग्दो रहेनछ् । कति ठूलो परिवर्तन ? पहिले गाउँले जीवनको भोगाईबाट वाक्क भएर शहर पसेकाहरु पनि गाउँको विकास देखेर लोभिएछन् । शहरीयाहरु गाउँतिर फर्कने क्रम जारी रहेछ । बस्ती विकासको क्रम तीब्र भएछ । घरेडीको हिसाबले जग्गा विक्री हुन थालेछ । जग्गाको भाउ ह्वात्तै बढेछ । पहिलाको रोपनीको भाउमा अहिलेको एक आना पाउन पनि गारो भएछ । पहिलाको जस्तो ढूङ्गामाटाको गारो, फुसको छानो भएका घरहरु विरलै रहेछन् । पुराना घरहरु विस्थापित हुने क्रम बढ्दो रहेछ । गाउँका बुढापाकाले भन्छन्– अहिले त गाउँमै रोजगारी पाइन्छ । सिप, इलम जानेका, बुद्धी भएका, पढेलेखेका, काम गर्ने जाँगर भएका मान्छेलाई त काम नपाउला भन्ने पिरनै छैन । गाडीमा सरर आवत–जावत गर्न पाइन्छ । अहिले त खान लाउनको दुःख छैन । पैसाको दुख छैन । तरकारी, दुध, फलफुल, मासु सवै यहीं विक्री हुन्छन् । कति हो कति राम्रो, हाइड्रो आएसी त हाम्लाई ।
आयोजना निर्माणले समग्र गाउँको विकास र सम्बृद्धीमा प्रभाव पारेको देखियो । आयोजना निर्माणस्थलका वरिपरि स्थानीय बजारको विकास भएको पाइयो । सवैभन्दा बढी होटेल व्यबसाय संचालन भएको पाइयो । पहिला बाहिरबाट आउने पाहुनाहरुको लागि गाउँमा एउटा मात्र होटेल थियो अरे । अहिले त आयोजना निर्माण स्थलका वरिपरिका गाउँबस्तीमा सानाठूला दर्जनौ होटेल रहेछन् । होटल संचालनबाट राम्रो कमाई भएको बताउँछन् व्यबसायीहरु । तरकारी, फलफुल, मासु पसलेहरुको पनि कमाई राम्रो रहेछ । किसानहरुले उत्पादन गरेका स्थानीय उपजहरु पनि यही बजारमा खपत हुँदो रहेछ । आयोजनाका कामदार, कर्मचारीहरुको लागि स्थानीयले राशनपानीको होलसेल पसल पनि संचालन गरेका रहेछन् ।

khali

आयोजना निर्माणले निर्माणस्थल वरिपरिका अन्य छिमेकी गाउँबस्ती, शहरबजारमा समेत प्रभाव पारेको देखियो । आयोजनामा कार्यरत कामदार, कर्मचारीहरुको आबश्यकतालाई स्थानीय बजारले मात्रै धान्न नसक्दो रहेछ । आयोजनाका कामदार, कर्मचारीको लागि सागसव्जी, तरकारी छिमेकी गाउँका किसानले पनि सप्लाई गर्दा रहेछन् । ती छिमेकी गाउँका बजारहरु पनि चलायमान भएको पाइयो । सानाठूला दर्जनौ होटेल रहेछन् । आयोजनाको कामको सिलसिलामा आउने प्रबद्र्धक, शेयरहोल्डर तथा अन्य विशिष्ट व्यक्तित्वहरु तिनै ठूला होटेलमा बस्दा रहेछन् । स्थानीय आयोजनास्थल नजिकको बजारमा नपाइने सामान खरिद गर्न आयोजनाका कामदार, कर्मचारीहरु यही बजारमा आउँदा रहेछन् । आयोजनाले निर्माणको लागि आबश्यक पर्ने केही सामाग्री यहीे बजारबाट खरिद गर्दो रहेछ । यो बजार आयोजना निर्माणस्थल बाट दुई किलोमिटर टाढा पर्दो रहेछ । यो बजारमा केही सहकारी संस्था तथा दुई वटा बैंक पनि रहेछन् । आयोजनामा कार्यरत कामदार, कर्मचारीहरुले तिनै बैंक तथा वित्तीय संस्थाहरुबाट आर्थिक कारोबार गर्दा रहेछन् । तसर्थ आयोजना निर्माणको प्रभाव स्थानीय अर्थतन्त्रको विकासमा समेत परेको देखियो ।

Shreekrishna hardwear in news

यसरी आयोजना स्थल वरिपरीका गाउँबस्ती, स्थानीय बजार र छिमेकी गाउँबस्ती र बजारहरुको अबलोकन गर्दा आयोजना निर्माणले समग्र ग्रामीण गरिवी न्युनीकरणको लागि ठूलो योगदान पु¥याएको देखिन्छ । रोजगारी सिर्जना भएको पाइन्छ । स्थानीय अर्थतन्त्रको विकाश भएको पाइन्छ । विकाश र सम्बृद्धी भएको देखिन्छ । यो साक्षात्कारले यो अनुभव ग¥यो कि यो सवै आयोजना निर्माणको देन हो ।
(लेखक म्रिस्तीखोला जलविद्युत आयोजना, वातावरण व्यबस्थापन इकाई कार्यालयमा इकाई प्रमूखको रुपमा कार्यरत हुनुुहुन्छ )

Raghunga notice
प्रतिक्रिया दिनुहोस
Loading...