मुस्ताङमा पनि निषेधाज्ञा

Gandaki Pardesh notice

जोमसोम । तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को संक्रमण नियन्त्रण र रोकथामका लागि मुस्ताङ जिल्लामा पनि बिहिबारदेखि निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले बुधबार साँझ एक बिज्ञप्ति जारी गरेर २०७८ बैशाख ३० गते राती १२ बजेदेखि लागु हुने गरि २०७८ जेठ ६ गते राती बाह् बजेसम्मका लागि निषेधाज्ञा गरिएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले कोरोनाको संक्रमण नियन्त्रणका लागि अतिआवश्यक बाहेकका सेवा बन्द हुने गरि एक साताका लागि तीन वटा स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रजिअ पौडेलको अध्यक्षतामा बुधबार बसेको कोडिभ–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला सुरक्षा समितिको बैठकले सम्बन्धित पालिकाहरुको सिफारिसको आधारमा निषेधाज्ञाको निर्णय गरेको हो ।

थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा निषेधाज्ञा जारि गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले बताउनुभयो । कोरोना फैलिन नदिन मुस्ताङ जाने व्यक्तिले अनिवार्य एकान्तबास बस्ने प्रतिवद्धता र सुनिश्चितता गरेको अवस्थामा मात्र अनुमति पाउने निर्णय समेत भएको छ ।

यसैगरी गत वैशाख ११ गतेदेखि बन्द रहेको मुस्ताङको धार्मिकस्थल मुक्तिनाथ मन्दिर थप पन्ध्र दिन बन्द गरिएको छ । जेठ १५ गतेसम्मका लागि बन्द गर्ने जिल्ला डिसीसीएमसीले निर्णय गरेको हो । मुस्ताङमा बुधबार सम्ममा सक्रिय संक्रमितको सख्या ७६ नाघेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...