जलजलाबासीको सहयोगमा सिर्जनशिल युवा समूह

Gandaki Ghumau

बेनी । पर्वतको जलजलामा तिब्र रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका साथै निषेधाज्ञाको समयमा स्थानीयको आपतबिपत्मा सघाउन युवाहरु जुटेका छन् ।
जलजलाका ९ वटै वडाका युवाहरुले जलजला क्रियटिभ युथ ग्रुप मार्फत निषेधाज्ञाको अवस्थामा स्थानीयलाई आइपर्ने समस्यामा सघाउन जुटेका हुन् । वारीबेनीमा सम्पर्क कार्यालय स्थापना गरेर बुधबारदेखिनै काम सुरु गरेको ग्रुपका नबिन जिसीले बताउनुभयो ।


जलजला गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गरेको कामलाई प्रभावकारी बनाउन र स्थानीयलाई सघाउन समूह बनाएका हुन् । समूह मार्फत दिर्घरोगीहरुलाई घरमै औषधी पु¥याउन, कृषकका लागि बिउ बिजन लगायत अत्यावश्यक सामग्री पु¥याउने देखि कोरोना महामारी नियन्त्रणका लागि सचेतनामुलक कार्यमा सहयोग गरेका छन् ।

Shreekrishna
Gunasthariya Shiksya


अप्ठ्यारो परेकाहरुलाई सघाउन प्रत्येक वडामा दुई जना सम्पर्क व्यक्ति तोकिनुका साथै बागलुङ भगवति सवारी चालक प्रशिक्षण केन्द्र परिसरमा स्थापना भएको सम्पर्क कार्यालयमा ०६९५२०२११ नम्बरको टेलिफोनको ब्यवस्था गरेका छन् ।


स्थापना भएकै दिन समूहका सदस्यहरुले मल्लाज स्थित ३ नम्बर वडा कार्यालयमा आइसोलेशन स्थापना गर्न सघाउने, बिरामीहरुलाई स्वास्थ्य संस्था र घर पुग्न सघाउने, औषधी, कृषकलाई बिषादी र बिउ बिजन पु¥याउने काम गरेका छन् । निषेधाज्ञा र कोरोना महामारीको असहज अवस्थाभर समूह मार्फत सेवालाई निरन्तरता दिने जनाएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...