निषेधाज्ञा उल्लङघन गर्दै बिवाह भोज गर्ने दुई बेहुला पक्राउ

Gandaki Pardesh notice

बेनी । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङघन गर्दै बिवाह भोज आयोजना गर्ने दुई जना बेहुला बुधबार पक्राउ परेका छन् ।

कोरोनाको हटस्पट बनेको मल्लाजमा बिवाहको भोज आयोजना गर्ने पाखाथरका प्रदिप परियार र डिलफाँटका २४ वर्षीय राजकुमार परियारलाई प्रहरीले पक्राउ गरेको हो । दुई महिना अघि बिवाह गरेका उनिहरुले बुधबार आफ्नै घरमा भिडभाड हुने गरी भोज चलाएको सूचनाको आधारमा घरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।

Bhautik ministry notice about road

मल्लाजमा हाल ७५ जना कोरोना भाइरसका सक्रीय संक्रमित छन् । जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरेको थियो । तर बिवाह भोजमा ३०÷४० जना गाउँलेलाई भेला पारेका प्रहरीले जनाएको छ । टिका फुकाउन घरमा भोज आयोजना गरेका थिए ।

Shreekrishna hardwear in news

वारी बेनी चौकीबाट प्रहरी पुगेपछि भोज खान भेला भएकाहरुको भागाभाग चलेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रदिप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी निषेधाज्ञाको आदेश बिपरित भोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...