लायन्स क्लबद्धारा मल्लाजमा स्वास्थ्य सुरक्षा सामग्री बितरण

Gandaki Pardesh notice

बेनी । लायन्स क्लव अफ बेनी मल्लाजले मंगलबार जलजला गाउँपालिकाको मल्लाज क्षेत्रमा स्वास्थ्य सुरक्षा सामग्री बितरण गरेको छ ।

जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका विभिन्न बस्तिमा पुगेर घरदैलो गरी स्थानीयबासीहरुलाई दुई हजार ५०० मास्क र ३० लिटर स्यानीटाइजर बितरण गरेको क्लवले जनाएको छ ।

तिब्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जनचेतना अभिवृद्धीसँगै रु. चालीस हजार बराबरको स्वास्थ्य सुरक्षाका सामग्री बितरण गरिएको क्लवका अध्यक्ष बिक्रम सुबेदीले जानकारी दिनुभयो । जलजलाको मल्लाज क्षेत्रमा कोरोना संक्रमण फैलिएकाले नियन्त्रणका लागि निषेधाज्ञासँगै परिक्षणको दायरा बढाइएको गाउँपालिकाले जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

जलजला ३ का वडा अध्यक्ष तथा कार्यपालिकाका प्रवक्ता देबिन्द्र भण्डारी (रबी), वारीबेनी प्रहरी चौकीका इञ्चार्ज भरत गौतम, क्लवका निबर्तमान अध्यक्ष बलिभद्र कडेल, अध्यक्ष सुबेदी र पुर्ब अध्यक्ष दिलिप बरुवालको टोलीले सामग्री बितरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...