रघुगंगामा पनि निषेधाज्ञा गर्न सिफारीस

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले तिब्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्न सिफारिस गरेको छ ।

गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको अध्यक्षतामा मंगलबार मौवाफाँटमा बसेको कार्यपालिका बैठकले निषेधाज्ञाका लागि जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको हो ।

२०७८ बैशाख २९ गते राती १२ बजेदेखि जेठ ८ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा बाहेक अन्य क्षेत्र बन्द हुने गरि निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको प्रमुख प्रशासकीय अधिकृत अृमत सुबेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news

डिसिसिएमसी र सुरक्षा समितिको बैठकले निर्णय गरेपछि सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गर्ने भएको छ ।

Bhautik ministry notice about road

रघुगंगामा जेठ ३ गतेदेखि सञ्चालन गर्न लागिएको बिद्यालय स्तरीय परिक्षा समेत स्थगित भएको बैठकपछि अध्यक्ष भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रशासकीय अधिकृत सुबेदीको संयुक्त हस्ताक्षरमा जारी भएको बिज्ञप्तिमा उल्लेख छ ।

अनावश्यक आवत जावत, भिड, जमघटको माध्यमबाट हुने कोरोना फैलावट रोक्न, लक्षण देखिएका शंकास्पद बिरामीको परिक्षण र उपचार गरि कोरोना भाइरसको चेन ब्रेक गर्ने गाउँपालिकाको रणनीति छ । निषेधाज्ञा र स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा सघाउन आमा समूह, युवा क्लब, टोल बिकास संस्थाहरुलाई अपिल गरेको छ ।

पिप्लेमा कोरोना अस्पताल सञ्चालन गरेको रघुगंगाले एन्टिजिन किटको माध्यमबाट लक्षण देखिएका र संक्रमितको नजिकको सम्पर्कमा रहेका ब्यक्तिहरुको परिक्षण गरिरहेको छ ।

कोरोना रोकथाम र नियन्त्रणका लागि बेनी नगरपालिका क्षेत्रमा बैशाख २३ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी भएको छ । धवलागिरी गाउँपालिकाले बैशाख २३ गतेदेखि अनिश्चितकालका लागि आन्तरिक बन्दाबन्दी गरेको छ ।

मालिका गाउँपालिकाले २०७८ जेठ ६ गतेसम्म निषेधाज्ञा गरेको छ । मंगला गाउँपालिकामा बैशाख ३१ गतेसम्म निषेधाज्ञा भएको छ । अन्नपूर्ण गाउँपालिकामा जेठ ३ गतेसम्म निषेधाज्ञा भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...