ट्याक्टरबाट हाम फाल्दा भिरबाट लडेर मृत्यु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा ट्याक्टरबाट हाम फाल्दा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बेनी देखि पुलाचौरतर्फ जादै गरेको लु ४ त ६४०४ नम्बरको ट्याक्टरबाट हाम फाल्ने क्रममा भिरबाट लडेर पुरुण्डीका ३८ वर्षीय दलबिर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यायल, म्याग्दीले जनाएको छ ।

Bhautik ministry notice about road

प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले परियारको सोमबार राती घटनास्थलमै मृत्यु भएको बताउनुभयो । उकालो सडकमा उक्लन नसकेको ट्याक्टर पछाडीतर्फ गुड्न थालेपछि भाग्ने क्रममा परियार भिरभएको डिलतर्फ हाम फाल्नुभएको थियो ।

Shreekrishna hardwear in news

परियारसँगै ट्याक्टरको ढालामा चढेका अन्य दुई जनाले कुनातर्फ हाम फालेका थिए । चालकले पछाडीतर्फ १८ मिटरसम्म ब्याक हुदाँ समेत ट्याक्टरलाई नियन्त्रणमा राखेका थियो । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको र मृतकको शव बेनी अस्पतालमा परिक्षण गरि मंगलबार परिवारलाई जिम्मा लगाएको प्रहरी निरिक्षक चौधरीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...