म्याग्दीका दुई जना संक्रमितको मृत्यु

Gandaki Pardesh notice

बेनी । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा म्याग्दीका दुई जनाको मृत्यु भएको छ ।

बेनी अस्पतालमा र पोखराको मणिपाल शिक्षण अस्पतालमा एक÷एक जना कोरोना संक्रमित पुरुष र महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बेनी नगरपालिका–८ का ६० वर्षीय पुरुषको मंगलबार बिहान बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्दै आएका उनलाई रातीनै अस्पतालमा लगिएको थियो । मृतकको शव सुरक्षा मापदण्ड अपनाएर बेनीमै ब्यवस्थापन गरिएको थियो ।

यसैगरी बेनी नगरपालिका–४ ठेगाना भएकी ५२ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा सोमबार दिउँसो मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनलाई बैशाख २५ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । यो सँगै म्याग्दीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० जना पुगेको छ ।

म्याग्दीमा मंगलबार दिउँसो २.३५ बजेसम्म पाँच जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । एन्टिजिन बिधिबाट गरिएको परिक्षणका क्रममा अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नबर वडाका दुई÷दुई जना तथा पिसिआर बिधिबाट गरिएको परिक्षणको क्रममा मालिका गाउँपालिकाको १ नम्बर वडाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै म्याग्दीमा सक्रिय कोरोना संक्रमितको संख्या १७७ जना पुगेको छ । ८७ जनाको बैशाख महिनायता कोरोना जितेका छन् । हालसम्म म्याग्दीमा कुल ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...