जलजला गाउँपालिकाद्धारा कोरोना अस्पताल सञ्चालन

Gandaki Pardesh notice

बेनी । जलजला गाउँपालिकाका २० शैयाको कोरोना अस्पताल सञ्चालनमा आएको छ । जलजला–८ फर्सेमा अस्पताल सञ्चालनमा ल्याइएको हो ।

मध्यपहाडी लोकमार्गलाई जोड्ने बेनी–मालढुङ्गा सडकको नजिकै अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा अहिले छ शैयामा अक्सिजन जडान गरिएको छ । बाँकी शैयाका लागि पनि अक्सिजन व्यवस्थापनको तयारी भइरहेको छ ।

गाउँपालिकाले आफैँ अक्सिजन खरिद गरेर अस्पतालमा उपलब्ध गराएको छ । दोस्रो लहरको कोभिडबाट जलजलाभित्र तीन जनाको ज्यान गइसकेको छ भने केहीको अवस्था गम्भीर रहेको छ । पालिकामा सक्रिय संक्रमित ३५ जना रहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।

Shreekrishna hardwear in news

तीमध्ये अधिकांश होम आइसोलेशनमा छन। छ जना बाग्लुङ, पर्वत र म्याग्दीका अस्पतालमा उपचाररत छन् । जलजलाले निर्माण गरेको अस्पतालमा अहिले एक जना उपचाररत रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राजु बोहोराले बताउनुभयो ।

अब गम्भीर खालका बिरामीबाहेक अन्यलाई गाउँपालिकाकै अस्थायी अस्पतालमा राखेर उपचार गर्न सकिने मल्लको भनाइ छ । अस्थायी अस्पतालमा गाउँपालिकाले नियुक्त गरेका एक चिकित्सक, अन्य स्थानीय स्वास्थ्यचौकीमा कार्यरत अनमी र नर्सलाई चौबीसै घण्टा परिचालन गरिने भएको छ ।

Bhautik ministry notice about road

“हामीसँग पर्याप्त अक्सिजनको व्यवस्था छैन, विभिन्न निकायसँग माग गरेका छौँ, अक्सिजन पर्याप्त भए पनि अस्पतालमा जस्तोसुकै बिरामी पनि भर्ना गर्न सकिन्छ”, मल्लले भन्नुभयो । सिफारिस गर्नुपर्ने बिरामीलाई पनि अक्सिजन सिलिण्डरसँगै सिफारिस गर्न सकिने गरी व्यवस्थापनमा जुटेको मल्लले बताउनुभयो ।

गाउँपालिकाले यसअघि कोरोना संक्रमित बोक्नका लागि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाकै स्वामित्वमा रहेको एउटा एम्बुलेन्स पनि भएकाले बिरामीका लागि सवारी अभाव नहुने मल्लले बताउनुभयो ।

उपचारभन्दा पनि सचेतना महत्वपूर्ण रहेकाले अहिले सञ्चारमाध्यम तथा अन्य माइकिङ, पम्प्लेट, घरदैलोलगायतका सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिएको पालिकाले जनाएको छ । जलजला गाउँपालिकाले कोरोना संक्रमित बिरामी बोक्नका लागि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकामा पछिल्लो समय कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि अध्यक्ष र उपाध्यक्ष पैदल हिँडेर आफूले प्रयोग गर्ने सवारी बिरामीको प्रयोजनका लागि दिइएको हो । पालिकामा भएको एउटा मात्र एम्बुलेन्स पर्याप्त नभएको हुँदा आफू चढ्दै आएको गाडीलाई बिरामीको सेवामा लगाएको गाउँपालिकाका अध्यक्ष मल्लले बताउनुभयो ।

अध्यक्ष मल्लले प्रयोग गर्ने बा२झ ४२२२ को स्कर्पियो र उपाध्यक्ष सीमा गर्बुजा पुनले प्रयोग गर्ने ग१झ ४२२ नंको बोलेरो गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...