पिचले चम्कियो कालीपुलको सडक

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारको कालीपुल स्थित सडक कालोपत्रे भएको छ ।

पुर्बाधार बिकास कार्यालय, म्याग्दीले कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे गरेको हो । सडक कालोपत्रे भएपछि कालीपुलमा धुलो र हिलोको समस्या हट्ने आशा गरिएको छ ।

पर्वतबाट म्याग्दी प्रवेश गर्ने मोटरेबल पुल देखि कालीपुल बसपार्क हुदै बेनी–जोमसोम–कोरला सडकको प्रबेशबिन्दुमा पर्ने बगरफाँट जोड्ने झोलुङ्गे पुल सम्मको सडक कालोपत्रे भएको हो ।

Shreekrishna hardwear in news

गत पुषमा पहिलो पटक डिबिएसडी कालोपत्रे बिछ्याइएको सो सडकमा आइतबार र सोमबार दोस्रो पटक कालोपत्रे बिछ्याइएको थियो । पुर्बाधार बिकास कार्यालयका सडक इञ्जिनियर राजेश अधिकारीले कालीपुलमा ५८० मिटर सडक कालोपत्रे भएको बताउनुभयो ।

गलेश्वर बसपार्क क्षेत्रमा ११० मिटर सडकमा पहिलो पटक कालोपत्रे बिछ्याइएको छ । डिबिएसडी प्रबिधीको कालोपत्रेका क्रममा पहिलो पटक कालोपत्रे गरेको कम्तीमा १४ दिनपछि दोस्रो पटक कालोपत्रे बिछ्याउनुपर्ने हुन्छ ।

कम्तीमा ११ मिटर चौडाईमा कालोपत्रे भएको छ । बसपार्कको पार्किङ गर्ने ठाउँमा थप चौडाईमा कालोपत्रे गरिएको छ । गाडीमै बिटुमिन पकाएर खन्याइएको सडकमा पछिपछि टिप्परमा जडान गरिएको स्वचालित उपकरणले चिप्स झारेको थियो ।

Bhautik ministry notice about road

तत्कालै रोलरले बिटुमिन हालिएको सडकमा राखिएको चिप्सलाई पेलेको थियो । केही दिनपछि सडक सफा गरेर बिटुमिनले नसमातेको चिप्स हटाइने इञ्जिनियर अधिकारीले बताउनुभयो । सोही आयोजना अन्तरगत जलेश्वरमा ६५० मिटर सडकमा ग्राभेल गर्ने तयारी गरिएको छ ।

जलेश्वरमै कालीगण्डकीले कटान गरेको सडक किनारको पर्खाल पुननिर्माण सकिएको छ । जलेश्वरको पर्खाल भेरियसन अर्डर अन्तरगत अतिरिक्त निर्माण भएको हो । केही दिनमै ग्राभेलको काम सकेर हस्तान्तरण गर्ने निर्माण ब्यवसायीले जनाएका छन् ।

यो आयोजना निर्माण गर्न तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले २०७५ असारमा गौरी–पार्वती–रुपल जेभिसँग रु. चार करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीका प्रतिनिधी बिपिन खड्काले कोरोना रोकथामका लागि गरिएको निषेधाज्ञाको असहज अवस्थामा पनि मजदुर परिचालन, निर्माण सामग्री र उपकरण ब्यवस्थापन गरेर सडक कालोपत्रे गरिएको बताउनुभयो ।

सम्झौता अनुसार बि.स. २०७६ साउनमा सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो । पछिल्लो पटक २०७७ बैशाखमा म्याद सकिएको आयोजनाको छ महिना कोरोना र थप समय अन्य कारण देखाएर म्याद थप भएको थियो ।
संघबाट प्रदेश सरकारलाई हस्तान्तरण भएको यो आयोजना पर्याप्त बजेट ब्यवस्थापन नभएको, लकडाउन, कोरोनाको जोखिम, प्रतिकुल मौसम र ब्यवसायीले पर्याप्त उपकरण तथा मजदुर परिचालन गर्न नसक्दा प्रभावित बनेको थियो ।

हिउँदमा धुलो, बर्खामा पहिरो र हिलोले सवारी साधन आवत जावतका साथैै सर्बसाधारणलाई पैदलयात्रा गर्न सास्ति र दुर्घटनाको जोखिम थियो । बेनी देखि गलेश्वर सम्मको तीन किलोमिटर सडकको २२ वर्षअघी मार्ग खोलिएको थियो ।

बि.स. २०७४ मा जलेश्वर देखि गलेश्वर सम्म एक किलोमिटर ६०० मिटर सडक कालोपत्रे भएको थियो । बेनी देखि गलेश्वर सम्म अधिकांश भागमा कालोपत्रे भएको छ । जलेश्वरको पहिरो यो सडकको मुख्य चुनौति बनेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...