म्याग्दीमा १८ जनामा कोरोना संक्रमण पुष्टि

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा सोमबार थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बैशाख २३ गते पोखरामा पठाइएको २३ वटा नमुना परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार बेनी नगरपालिकाका १०, रघुगंगा गाउँपालिकाका २, मंगलाका २, पर्वतको जलजलाका २, अन्नपूर्ण र मालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै म्याग्दीमा कोरोना भाइरसबाट सक्रीय संक्रमितको संख्या १७२ जना रहेको लम्सालले बताउनुभयो । हालसम्म म्याग्दीमा पिसिआर बिधिबाट ४५७ र एन्टीजेन बिधिबाट ६४ जना गरि ५२१ ज्नामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Shreekrishna hardwear in news

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार दिउँसो २.१० बजेको विज्ञप्तीमा हाल सम्म म्याग्दी जिल्लामा एन्टीजेन विधिबाट पत्ता लगाईएको संक्रमितहरुको विवरण अध्यावधिक गरिएको र सो माथि उल्लेखित जम्मा संक्रमित र सक्रिय संक्रमितमा समावेश भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । म्याग्दीमा संकलित करिब ५०० स्वाब नमुनाको नतिजा आउन बाँकी छ ।

यस्तै कोरोना भाइरसबाट संक्रमित भएका धवलागिरी गाउँपालिका–२ ठेगाना भएका ३७ वर्षीय एक युवाको सोमबार उपचारका क्रममा पोखरामा निधन भएको छ । गण्डकी मेडिकल कलेज पोखरामा ज्यान गुमाएका ति युवालाई बैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै म्याग्दीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ जना पुगेको छ ।

Bhautik ministry notice about road

यसैगरी सोमबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा एन्टीजेन बिधिबाट परिक्षण गर्दा चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले जानकारी दिनुभयो । अन्नपूर्णको दोवामा सोमबार पिसिआर बिधिबाट कोरोना परिक्षण गर्न ८३ जनाको स्वाबको नमुना संकलन गरिएको छ ।

बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको वडा न. २, ३ र ४ मा पर्ने मल्लाज र वडा न. ७ मिलनचोकमा सोमबार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लक्षण देखिएका शंस्कास्पद ४८ जनाको स्वाब नमुना संकलन गरेर पिसिआर बिधिबाट परिक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ । हाल ७३ जना सक्रीय संक्रमित भएका जलजलामा तीन जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

कोरोना भाइरस फैलावट नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले सोमबारदेखि लागु हुने गरि अन्नपूर्ण र मंगला गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । मंगला गाउँपालिकाको सिफारिसमा बैशाख ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

अन्नपूर्ण गाउँपालिकाको सिफारिसमा जेठ ३ गतेसम्म निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो । मालिका गाउँपालिकाले एक सूचना जारी गरेर २०७८ जेठ ६ गतेसम्म निषेधाज्ञा गरिएको जनाएको छ ।

यसअघि बेनी नगरपालिका क्षेत्रमा बैशाख २२ गते रातीदेखि ३१ गते राती १२ बजेसम्मका लागि गरिएको निषेधाज्ञा जारी छ । धवलागिरी गाउँपालिकाले २३ गतेदेखि अतिआवश्यक बाहेकको सार्वजनिक सेवा प्रवाह र आवत जावतलाई बन्द गरेर आन्तरिक लकडाउन गरेको छ ।
कोरोना फैलिन नदिन निषेधाज्ञाको जारी गरेर भिडभाड, आवत जावत नियन्त्रणका साथै प्रभावित क्षेत्रमा शंकास्पद ब्यक्तिहरुको पिसिआर परिक्षणको दायरा बढाएका छन् । टोल टोलमै पुगेर शंकास्पद बिरामीको पिसिआर परिक्षणका लागि स्वाब संकलन थालिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...