अन्नपूर्ण, मंगला र मालिकामा आजदेखि निषेधाज्ञा

Gandaki Pardesh notice

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा सोमबार बिहानदेखि निषेधाज्ञा जारी भएको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा आइतबार साँझ पोखरेबगर स्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले २०७८ जेठ ३ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कार्यापालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले अत्यावश्यक बाहेक गाउँपालिका, वडा र बिषयगत कार्यालय, यातायात सेवा बन्द गरिएको छ । भिडभाड, आवत जावतमा रोक लगाइएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर बिकास आयोजनाका कामलाई भने निरन्तरता दिइने भएको छ ।

Shreekrishna hardwear in news

तिब्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिम अन्नपूर्णमा पनि देखिएकाले नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रवत्ता बरुवालले बताउनुभयो । उहाँले कोरोना संक्रमितको उपचारका लागि नारच्याङमा कोरोना अस्पताल सञ्चालनका साथै स्थलगत रुपमा स्वाबको नमुना परिक्षण गर्ने ब्यवस्था मिलाइएको बताउनुभयो ।

Bhautik ministry notice about road

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालका अनुसार अन्नपूर्णमा हाल आठ जना सक्रिय संक्रमित छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड र निषेधाज्ञाको पालना गर्न गाउँपालिकाले अनुरोध गरेको छ । कोरोना रोकथामका लागि मंगला र मालिका गाउँपालिकामा पनि सोमबार बिहानदेखि निषेधाज्ञा जारी भएको छ ।

यसअघि बेनी नगरपालिका क्षेत्रमा बैशाख २२ गते रातीदेखि ३१ गते राती १२ बजेसम्मका लागि गरिएको निषेधाज्ञा जारी छ । मालिका गाउँपालिकाले आइतबार साँझ एक सूचना जारी गरेर २०७८ जेठ ६ गतेसम्म अत्यावश्यक बाहेकको सेवा र एक अर्को वडामा समेत आवत जावत गर्न नपाउने गरी निषेधाज्ञा गरिएको जनाएको छ ।

धवलागिरी गाउँपालिकाले २३ गतेदेखि अतिआवश्यक बाहेकको सार्वजनिक सेवा प्रवाह र आवत जावतलाई बन्द गरेर आन्तरिक लकडाउन गरेको छ । निषेधाज्ञाको समयमा खाद्यान्न पसल खोल्नका लागि समय तोकेका छन् ।

म्याग्दीमा शनिबार र आइतबार नयाँ संक्रमित थपिने दर घटेको छ । यद्यपी जोखिम भने कायमै रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । शुक्रबार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको म्याग्दीमा शनिबार ५ र आइतबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...