म्याग्दीमा निषेधाज्ञाको क्षेत्र बिस्तारसँगै परिक्षणको दायरा पनि बढाइदै

Gandaki Pardesh notice

बेनी । तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को महामारी नियन्त्रण गर्न म्याग्दीको मंगला र मालिका गाउँपालिकामा आइतबार रातीदेखि निषेधाज्ञा जारी भएको छ ।

यसअघि बेनी नगरपालिका क्षेत्रमा बैशाख २२ गते रातीदेखि ३१ गते राती १२ बजेसम्मका लागि गरिएको निषेधाज्ञा जारी छ । मंगला गाउँपालिकाको सिफारिसमा जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको आइतबारको बैठकले बैशाख ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

यसैगरी मालिका गाउँपालिकाले आइतबार साँझ एक सूचना जारी गरेर २०७८ जेठ ६ गतेसम्म अत्यावश्यक बाहेकको सेवा र एक अर्को वडामा समेत आवत जावत गर्न नपाउने गरी निषेधाज्ञा गरिएको जनाएको छ । दुवै पालिकाको सबै क्षेत्र र वडामा निषेधाज्ञा लागू भएको हो ।

Shreekrishna hardwear in news

धवलागिरी गाउँपालिकाले २३ गतेदेखि अतिआवश्यक बाहेकको सार्वजनिक सेवा प्रवाह र आवत जावतलाई बन्द गरेर आन्तरिक लकडाउन गरेको छ । निषेधाज्ञाको समयमा खाद्यान्न पसल खोल्नका लागि समय तोकेका छन् । नागरिकलाई अप्ठ्यारो परेको अवस्थामा सघाउन जिम्मेवारी बाँडफाँड गरेर सम्पर्क व्यक्ति तोकिएको छ ।

म्याग्दीमा शनिबार र आइतबार नयाँ संक्रमित थपिने दर घटेको छ । यद्यपी जोखिम भने कायमै छ । शुक्रबार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको म्याग्दीमा शनिबार ५ र आइतबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Bhautik ministry notice about road

कोरोना फैलिन नदिन निषेधाज्ञाको जारी गरेर भिडभाड, आवत जावत नियन्त्रण गरेका पालिकाहरुले प्रभावित क्षेत्रमा शंकास्पद ब्यक्तिहरुको पिसिआर परिक्षणको दायरा बढाएका छन् । टोल टोलमै पुगेर शंकास्पद बिरामीको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेका हुन् ।

मंगला गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक लेखनाथ रोकाले आइतबार ४१ जनाको स्थलगत रुपमा स्वाबको नमुना संकलन गरिएको जानकारी दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको नेतृत्वमा धापुङमा १७ र अर्मनमा २४ जनाको स्वाबको नमुना संकलन गरिएको हो ।

अन्नपूर्णको घोडेपानीमा पिसिआर परिक्षणका लागि स्वाबको नमुना संकलन गरिदै । तस्बिर समुन्द्र बरुवाल

मालिका गाउँपालिकाले पनि दरवाङमा शनिबार र आइतबार लक्षण देखिएकाहरुको स्वाबको नमुना संकलन गरेको छ । बेनी नगरपालिकाले सोमबार देखि जेठ १ गतेसम्म स्वास्थ्य चौकीमा कोरोनाका लक्षण देखिएकाहरुको स्वाब नमुना संकलन गर्न लागेको सूचना अधिकारी युवराज थापाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले घोडेपानी, चित्रे, फलाते, शिख, घारमा पुगेर स्वाबको नमुना संकलन गरिएको बताउनुभयो । रघुगंगा र धवलागिरी गाउँपालिकाले पनि पिसिआरका साथै तत्कालै नतिजा आउने एन्टिजिन किटको प्रयोगबाट लक्षण देखिएकाहरुको परिक्षण गरिरहेको जनाएका छन् ।

गाउँमै पुगेर स्वाबको नमुना संकलन गर्दा संक्रमित पहिचान गर्न र फैलिन नदिन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसको साथै नागरिकहरुलाई सास्ति, झञ्जट र दुख भएको छैन् । परिक्षणको दायरा बढाएर कोरोना फैलिन नदिने र भेटिएका संक्रमितको सुरक्षित तथा ब्यवस्थित उपचारमा केन्द्रित भएको धवलागिरीका अध्यक्ष थमसरा पुनले बताउनुभयो

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...