१२ दिनदेखि बेपत्ता युवाको शव ओडारमा भेटियो

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५ देबिस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुङ्गाले अठ्याएको अवस्थामा शव फेला परेको छ ।

बैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देविस्थानको मार्चुला सामुदायिक वनको बराहथान स्थित ओडारमा २५ गते अपराहन्न ४ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीको नेतृत्वमा टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । ढुङ्गाले छोपेर राखिएको अवस्थामा शव भेटिएकाले कसैले हत्या गरेर ओढारमा राखेको हुन सक्ने अनुमान गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

टाउको र कुम देखिएको अवस्थामा भेटिएको शव सडेको थियो । धजेन्द्रसँगै बैशाख १४ गतेबाट देविस्थानका अन्य चार जना युवाहरु सम्पर्क बिहिन भएका छन्् । मृतकका दाजु तिलक पुनले प्रहरीमा दिएको जाहेरीका आधारमा अनुसन्धान र संलग्नको खोजी थालिएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बताउनुभयो ।

यसैगरी देबिस्थानमै बैशाख १४ गतेनै ११ वर्षीया बालिकालाई बलात्कार भएको छ । स्थानीय २१ वर्षीय बिजय बिकले बलात्कार गरेको पिडितका आफन्तले बैशाख १९ गते प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा उल्लेख छ ।

बिजयले पैसाको प्रलोभनमा पारेर बलात्कार गरेका पिडितको भनाई छ । एक सय रुपैयाँ दिएका थिए संलग्नको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक राइले बताउनुभयो ।

देविस्थानमा एकै दिन दुई वटा अपराध भएका छन् । बैशाख १४ गते देबिस्थानमा बिवाह थियो । बलात्कारको शिकार बनेकी बालिका बिवाहमा गएकी थिइन् । दुई वटै घटनाको बारेमा आइतबार प्रहरीले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...