कोरोना रोकथामका लागि बेनीको टोल स्तरसम्म संयन्त्र परिचालन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिकाले तिब्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न टोल स्तरसम्म संयन्त्र परिचालन गरेको छ ।

पालिकाका १० वटै वडाका अध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मी, शिक्षक, आमा समूह, युवा क्लबका प्रतिनिधी रहेको वडा स्तरको टाक्स फोर्स बनाएर परिचालन गरेको हो । सो टोलीले वडा र बस्ति स्तरमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना, निगरानी गर्न थालेका छन् ।

Bhautik ministry notice about road

सामुदायिक बिद्यालयका शिक्षक, टोल बिकास समिति, आमा समूह र युवा क्लवहरुलाई परिचालन गरिएको नगरपालिकाका सूचना अधिकारी युवराज थापाले बताउनुभयो । यसैगरी कोरोना संक्रमितलाई अस्पताल पु¥याउन चार पाङग्रे यातायातका साधनको ब्यवस्था गरि त्यसलाई परिचालन र ब्यवस्थापन गर्न कार्यपालिका सदस्य कृष्णकुमार बिश्वकर्माको संयोजकत्वमा स्वास्थ्य शाखा संयोजक लीलाकुमारी गौतम र सुब्बा कृष्णबहादुर शाक्य रहेको समिति गठन भएकोे छ ।

Shreekrishna hardwear in news

कोरोना नियन्त्रण प्रयोजनका लागि एक जना एक जना ल्याब टेक्नीसियन नियुक्त गरिसकेको नगरपालिकाले जनस्वास्थ्य अधिकृत नियुक्तीको प्रक्रियामा छ । हाल २० जना क्षमताको प्रिआइसोलेशनको क्षमता बढाएर ५० बेडको बनाउने योजना बनाएको नगरपालिकाले आइतबार नगरपालिकाका राजनीतिक दल र सरोकारवालाहरुसँग छलफल गरेको छ । नगरपालिकाले बेनी अस्पतालको निर्माणाधिन भवनमा २० शैया क्षमताको आइसोलेशन निर्माण अन्तिम चरणमा पु¥याएको छ ।

बेनी नगर क्षेत्रमा होल्डीङ सेन्टर, आइसोलेशन, केश इन्भेस्टिगेशन तथा कन्ट्याक्ट टे«सिङ र शव ब्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री ब्यवस्थापनका लागि निर्णय गरेको छ । यसैगरी आइतबार नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाहरुको छलफलमा बैशाख २३ गतेदेखि नगर क्षेत्रमा गरिएको निषेधाज्ञाको बिषयमा समिक्षा भएको थियो ।
कोरोना संक्रमणको तथ्याङ्क संकलन र ब्यवस्थापनका लागि अहेव डिल्लीराज आचार्य र केश इन्भेस्टिकेशन तथा कन्ट्याक्ट टे«सिङ का लागि स्वास्थ्य शाखा संयोजक लिलाकुमारी गौतमको संयोजकत्वमा समिति बनाएर परिचालन गर्ने निर्णय गरेको छ । सो टोलीले दिने प्रतिवेदनको आधारमा नगरक्षेत्रमा बैशाख ३१ गतेसम्मका लागि गरिएको निषेधाज्ञा लम्बाउने नलम्बाउने भन्ने बिषयमा निर्णय हुने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...