लायन्स क्लबद्धारा स्वास्थ्य सामग्री सहयोग

Gandaki Pardesh notice

बेनी । लायन्स क्लब अफ बेनी पिसी सिटीले कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावित ग्रामिण क्षेत्रमा सामग्री उपलब्ध गराएको छ ।

धवलागिरी गाउँपालिकाको ताकम र लुलाङका सर्बसाधारणलाई बितरण तथा स्वास्थ्यकर्मीको प्रयोगका लागि क्लबका पदाधीकारीहरुले शनिबार पचास हजार रुपैयाँ मूल्य बराबरको सामग्री उपलब्ध गराउनुभएको हो ।

दुई हजार १०० थान सर्जिकल मास्क, १०० थान एन ९५ मास्क, चार थान पर्लस अक्सीमिटर, ४५ लिटर स्यानीटाइजर, दुई डब्बा ग्लोब्स र ३०० पिस साबुन उपलब्ध गराएको क्लवले जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल, वडा अध्यक्ष कलानिधी सुबेदी, पुर्म पुनलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । सामान लिएर क्लवका लोकेश पुन, खम थापा, दुर्गा बुढा लगायतका पदाधीकारी ताकम र मुना जानुभएको थियो ।

क्लबले स्वास्थ्य, शिक्षा, बिपद् ब्यवस्थापन लगायत सामाजिक गतिबिधीमा काम गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...