ताकमका कृषकलाई कृषि औजार बितरण

Sinchai Khanipani notice

गोपाल आचार्य
ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकहरुलाई शनिबार कृषि औजार बितरण गरिएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा ताकमको अन्नपूर्ण ब्यवसायिक कृषि सहकारी संस्थाले सदस्यहरुलाई पचास प्रतिशत अनुदानमा औजार बितरण गरेको हो । केन्द्र मार्फत सञ्चालन धानको ब्यवसायिक उत्पादन केन्द्र (ब्लक) आयोजना मार्फत कृषि औजार बितरण गरिएको सहकारीले जनाएको छ ।

२५ थान यान्त्रिक हलो (मिनिटिलर), पाँच थान मिल, तीन थान थ्रेसर र १५ थान बिषादी छर्ने स्प्रे बितरण गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

संस्थाका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष कलानिधी सुबेदीले औजार बितरण गर्नुभएको थियो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गरेर भौतिक दुरि कायम गरि औजार बितरण गरिएको हो । सामुहिक प्रयोग गर्ने गरि सदस्यहरुबाट माग संकलन गरि औजार बितरण गरिएको बताइएको छ ।

यान्त्रिकरणको प्रयोग मार्फत कृषि कार्यको लागत घटाउन र उत्पादन बढाउन औजार बितरण गरिएको हो । खेतबारी खनजोतमा गोरुको बिकल्पमा यान्त्रिक हलोको प्रयोग गर्दा छोटो समय र लागतमा धेरै काम गर्न सकिने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको छ । गोरु पाल्नुपर्ने झञ्जट हटेको छ ।

ताकम धवलागिरी गाउँपालिकामा सबैभन्दा धेरै धान उत्पादन हुने ठाउँ हो । यहाँको मुख्य कृषि उत्पादन धान हो । चामल आयात नहुने अवस्थासम्म धवलागिरी गाउँपालिकाका अधिकांश बस्तीमा ताकमको धानले माग धान्ने गरेको स्थानीय बुढापाका बताउँछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...