म्याग्दीमा शुक्रबार कोरोना संक्रमितको संख्या ७० पुग्यो

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा शुक्रबार एकै दिन कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० जना पुगेको छ । यो संख्या म्याग्दीमा हालसम्मकै सबैभन्दा बढी हो ।

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पनि एकै दिन १५ जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार थपिएका मध्य अधिकांश संक्रमित सदरमुकाम बेनी बजार स्थित बेनी नगरपालिकाको वडा न. ७ र ८ का छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकाका ३२ जना, मंगलाका १० जना, धवलागिरी गाउँपालिकाका दुई जना, रघुगंगाका चार जना छन् ।

अन्य जिल्लाका १५ जना र धवलागिरी गाउँपालिका २ मा एन्टिजिन परिक्षणबाट पहिचान भएका ७ जना सहित शुक्रबार म्याग्दीमा कोरोना संक्रमित पुष्टि हुनेको संख्या ७० जना पुगेको कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Shreekrishna hardwear in news

बेनी नगरपालिकाको ७ र ८ का नौ÷नौ जना छन् । मंगलाको वडा न. १ का पाँच र पाँच नम्बर वडाका सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रघुगंगाका संक्रमित वडा न. ४ दग्नाम ठेगाना भएका हुन् ।

Bhautik ministry notice about road

म्याग्दीबाट बैशाख २१ र २२ गते ९१ वटा नमुना संकलन गरेर परिक्षणका लागि पठाइएको थियो । म्याग्दीमा हाल सक्रीय कोरोना संक्रमितको संख्या १५७ जना छन । शुक्रबार कोरोना जित्नेको संख्या ८ जना छ ।

हालसम्म ४७२ जना संक्रमित भएका छन् । सात जनाको मृत्यु भएको छ । बेनी नगरपालिका २ का ७३ वर्षीय बृद्धको शुक्रबार पोखरामा उपचारको क्रममा मृत्यु भएको थियो । उहाँको एन्टिजिन परिक्षण गर्दा बेनीमा कोरोना पुष्टि भएको थियो । बेनीबाट पोखरा थप उपचारका लागि रिफर गरिएको थियो ।

म्याग्दीमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या तिब्र रुपमा बढेको छ । बिवाह, पुजाआजा, चौरासी जस्ता धार्मिक सांस्कृतिक क्रियाकलाप मार्फत कोरोना फैलिएको छ । संक्रमित मध्य अधिकांश होम आइसोलेशनमा बसेका छन् ।

कोरोना संक्रमण फैलिएसँगै बेनी नगरपालिका क्षेत्रमा बिहिबारदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी भएको छ । धवलागिरी गाउँपालिकाको सात नम्बर वडा बैशाख मसान्तसम्म शिल गरिएको छ । धवलागिरीको वडा नम्बर ६ मराङलाई पनि शनिबारदेखि शिल गरिने वडा अध्यक्ष राजाराम सुबेदीले बताउनुभयो ।

धवलागिरी गाउँपालिका, वडा कार्यालय र सेवा केन्द्रको सेवा पनि अनिश्चितकालका लागि बन्द भएको छ । पर्वतको जलजला गाउँपालिकाले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । जलजलाको मल्लाज कोरोनाको हटस्पट बनेको छ । जलजलामा हाल ३५ जना सक्रीय संक्रमित छन् । तीन जनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...