म्याग्दीमा एकै दिन ५२ जनामा कोरोना संक्रमण

Sinchai Khanipani notice

बेनी । म्याग्दीमा शुक्रबार एकै दिन ५२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो संख्या म्याग्दीमा हालसम्मकै सबैभन्दा बढी हो ।

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पनि एकै दिन १२ जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार थपिएका मध्य अधिकांश संक्रमित सदरमुकाम बेनी बजार स्थित बेनी नगरपालिकाको वडा न. ७ र ८ का छन् ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बेनी नगरपालिकाका ३३ जना, मंगलाका १२ जना, धवलागिरी गाउँपालिकाका दुई जना, रघुगंगाका चार जना छन् । बेनी नगरपालिकाको ७ र ८ का नौ÷नौ जना छन् । धवलागिरी गाउँपालिकाको ४ र ६ का एक÷एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

Shreekrishna hardwear in news

वडा न. १ का पाँच र पाँच नम्बर वडाका सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । रघुगंगाका संक्रमित वडा न. ४ दग्नाम ठेगाना भएका हुन् ।

जलजला गाउँपालिकाका संक्रमित मध्य वडा न. ३ का पाँच जना, चारका दुई जना छन् । म्याग्दीबाट बैशाख २१ र २२ गते ७६ वटा नमुना संकलन गरेर परिक्षणका लागि पठाइएकोमा यसअघि नतिजा आएको सहित ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Bhautik ministry notice about road

म्याग्दीमा बिहिबार बेनी नगरपालिकाका २० जना सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहिबार १९ जनाले कोरोना जितेका थिए । म्याग्दीमा सक्रिय संक्रमितको संख्या १६१ जना पुगेको छ । हालसम्म ४५३ जना संक्रमित भएका छन् । सात जनाको मृत्यु भएको छ ।
बेनी नगरपालिका २ का ७३ वर्षीय बृद्धको शुक्रबार पोखरामा उपचारको क्रममा मृत्यु भएको थियो । उहाँको एन्टिजिन परिक्षण गर्दा बेनीमा कोरोना पुष्टि भएको थियो । बेनीबाट पोखरा थप उपचारका लागि रिफर गरिएको थियो ।

म्याग्दीमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या तिब्र रुपमा बढेको छ । बिवाह, पुजाआजा, चौरासी जस्ता धार्मिक सांस्कृतिक क्रियाकलाप मार्फत कोरोना फैलिएको छ । संक्रमित मध्य अधिकांश होम आइसोलेशनमा बसेका छन् ।

कोरोना संक्रमण फैलिएसँगै बेनी नगरपालिका क्षेत्रमा बिहिबारदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी भएको छ । धवलागिरी गाउँपालिकाको सात नम्बर वडा बैशाख मसान्तसम्म शिल गरिएको छ ।

धवलागिरी गाउँपालिका, वडा कार्यालय र सेवा केन्द्रको सेवा पनि अनिश्चितकालका लागि बन्द भएको छ । पर्वतको जलजला गाउँपालिकाले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । जलजलाको मल्लाज कोरोनाको हटस्पट बनेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...