धवलागिरीको सात नम्बर वडा सिल

Gandaki Pardesh notice

गोपाल आचार्य
ताकम, २३ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको ७ नम्बर वडा शुक्रबार बिहानदेखि लागु हुने गरि बैशाख महिनाभरका लागि सिल गरिएको छ ।

तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को संक्रमण नियन्त्रणका लागि बिहिबार वडा अध्यक्ष कलानिधी सुबेदीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले वडा सिल गर्ने निर्णय गरेको थियो ।

वडाका सम्पूर्ण सार्वजनिक संघ संस्थाहरु बैशाख मसान्तसम्म बन्द गरिएको छ । खाद्यान्न पसलहरु बिहान ७ देखि दश र बेलुकी ४ देखि सात बजेसम्म खोल्न दिइएको छ । वडाका सबै होटलहरु बन्द गरिएको छ । बिरामी बोक्ने बाहेकका कुनै पनि सवारी साधनलाई आवत जावतमा रोक लगाइएको छ ।

Shreekrishna hardwear in news

अनावश्यक हिडडुल गर्न रोक लगाइएको छ । वडाका जनप्रतिनिधी, आमा समूह, युवा क्लव, ताकम प्रहरी चौकी र स्थानीय अगुवाहरुले निर्णय कार्यान्वयनमा परिचालन भएर सघाउने प्रतिवद्धता जनाएका छन् ।

Bhautik ministry notice about road

समस्या परेको अवस्थामा सघाउन जनप्रतिनिधी, स्वास्थ्यकर्मी र प्रहरी चौकीका प्रतिनिधि सहभागी टोली बनाइएको छ । ताकममा हाल कोरोना भाइरसका सक्रीय संक्रमित चार जना छन् । वडा बन्द गर्ने बाध्यात्मक निर्णय कार्यान्वयन गरेर थप कोरोना फैलिन नदिएर सघाउन वडा अध्यक्ष सुबेदीले अपिल गर्नुभएको छ ।

यसैगरी बिहीबार वडा नम्बर २ लुलाङमा १० जना शंकास्पद व्यक्तिको एन्टिजेन परिक्षण गर्दा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना केसीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुन, डाक्टर एकराज भण्डारी, स्वास्थ्य संयोजक केसी, ल्याब प्राबिधिक बासुदेव आचार्यको टोली लुलाङ पुगेर एन्टिजिन परिक्षणका साथै जनचेतनामुलक कार्यक्रम गर्नुभएको थियो ।

बिहिबार सोही वडाकी एक ७२ वर्षीया कोरोना संक्रमित बुद्धाको पोखरामा उपचारका क्रममा निधन भएको थियो । धवलागिरीको ताकम र लुलाङमा कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि सतर्कता अपनाइएको छ । गाउँपालिका, वडा र सेवा केन्द्रका सेवाहरु बिहिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...