बेनपामा २० सहित म्याग्दीमा ३२ जना कोरोना संक्रमित थपिए

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका क्षेत्रमा २० सहित म्याग्दीमा बिहिबार एकै दिन थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

धवलागिरी गाउँपालिका–२ की ७२ वर्षीया एक वृद्धाको कोरोना संक्रमणका कारण पोखरामा बिहिबारनै निधन भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बेनी नगरपालिकामा २०, रघुगंगाको २ र ३ मा तीन, मंगलाको बाबियाचौरमा दुई जना, धवलागिरी २ मा एक जना र अन्नपूर्ण ६ घोडेपानीमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहिबार पुष्टि भएका मध्य जिल्ला सदरमुकाम बेनी बजार समेत रहेको बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाका १३ जना छन् । पोखरामा उपचारको क्रममा ज्यान गुमाएकी धवलागिरी २ की वृद्धालाई स्वास प्रस्वासमा समस्या देखिएपछि म्याग्दीबाट रिफर गरिएको थियो । उनलाई बुधबार संक्रमण पुष्टि भएको थियो ।

Shreekrishna hardwear in news

बेनी बजारसँगै सिमाना जोडिएको जलजला गाउँपालिकाको मल्लाजमा पनि बिहिबार एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको र दुई जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ । मल्लाज क्षेत्रमा पिसिआर र एन्जिटिन किटबाट कोरोना परिक्षणलाई तिब्रता दिएको गाउँपालिकाले जनाएको छ ।

Bhautik ministry notice about road

यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिकामा पनि १४ जनामा कोरोना पुष्टि भएको छ । म्याग्दीमा करिब पन्ध्र दिनको अवधिमा १३० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जस मध्य २३ जनाले बिहिबारसम्म कोरोना जितेका छन् । पहिलो लहर सहित ३८६ जना संक्रमित भएको म्याग्दीका छ जनाले ज्यान गुमाएका छन् ।

सुरक्षाको मापदण्ड पालनामा भएको लापरबाही, मास्क र स्यानीटाइजरको प्रयोगमा बेवास्ता, बिवाह, चौरासी पुजा जस्ता धार्मिक, सांस्कृतिक कार्यमा भएको जमघट, पर्यटकीय स्थलको भिडभाड, राजनीतिक दलका भेला, बैठक र जोखिमयुक्त जिल्ला, भारतबाट आएका तथा संक्रमितको पहिचान र सुरक्षित ब्यवस्थापन नहुँदा म्याग्दीमा कोरोना संक्रमण फैलिएको हो ।

सदरमुकाम बेनी र आसपासका क्षेत्रमा देखिएको कोरोनाका संक्रमित केही दिनयता ग्रामिण क्षेत्रमा पनि भेटिन थालेका छन् । सिंगा तातोपानी, बाबियाचौर, कुहँु, दरवाङ, ताकम, लुलाङ, पिप्ले, मल्लाज, पोखरेबगर, भुरुङ्ग तातोपानी र घोडेपानी लगायत ग्रामिण बस्तिमा संक्रमण फैलिएको हो ।

कोरोना चेन ब्रेक गर्न जिल्ला प्रशासन कार्यालयले बिहिबारदेखि बैशाख ३१ गते सम्मका लागि बेनी नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । धवलागिरी गाउँपालिकाले बिहिबारदेखि गाउँपालिका, वडा र सेवा केन्द्रको सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...