कोरोना रोकथाममा यस्तो छ रघुगंगाको तयारी

Sinchai Khanipani notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना भाइरसको लक्षण भएका व्यक्तिको एन्टिजिन परिक्षण गर्ने भएको छ ।

बैशाख १९ गते गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार एन्टिजिन परिक्षणका लागि किट समेत खरिद गरिसकेको छ । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस नियन्त्रणका लागि गाउँपालिकाले तयारी गरेको हो ।

स्वास्थ्य संस्थामा आएकालाई संस्थामै र संस्थामा आउन नसक्नेलाई घरमै पुगेर भएपनि एन्टिजिन किटको माध्यमबाट कोरोना परिक्षण गर्ने ब्यवस्था मिलाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news

कोरोनाको लक्षण देखिएका, संक्रमितको नजिकको सम्पर्कमा रहेकाहरुको एन्टिजीन परिक्षण, केश इन्भेस्टिगेशन र कन्ट्याक्ट टे«सिङ गर्न पिप्ले स्वास्थ्य चौकीका प्रमुख शिवप्रसाद पाण्डेको नेतृत्वमा साजन पुन र जयनाथ यादव रहेको टोली गठन भएको छ ।

Bhautik ministry notice about road

पिप्लेको कोरोना अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तयार पारिएको छ । जहाँ एक जना चिकित्सक, दुई जना नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरिएको छ । कोरोना अस्पताल र स्वास्थ्य चौकीहरुमा पनि अक्सिजन सिलिण्डरको ब्यवस्था गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुबेदीको अध्यक्षतामा सबै स्वास्थ्य चौकीका प्रमुखहरु सदस्य रहेको जनस्वास्थ्य आपतकालिन ब्यवस्थापन उपसमिति गठन भएको छ । कोरोना अस्पतालका चिकित्सक सन्तोषप्रसाद बोहोराको अध्यक्षतामा पालिका स्तरीय द्रुत प्रतिकार्य टोली गठन भएको छ ।

आठ वटै वडाका अध्यक्षको संयोजकत्वमा जनप्रतिनिधी, युवा क्लव, आमा समूह, रेडक्रस, टोल सुधार समिति, शिक्षक, स्वमसेविका, वुद्धीजिवी, समाजसेवी र सुरक्षा निकायको प्रतिनिधित्वमा वडा स्तरीय सहजिकरण तथा अनगमन समिति गठन भएको छ ।

सो समितिले विदेश तथा जोखिमयुक्त स्थानबाट आएकालाई दश दिन अनिवार्य होम क्वारेन्टिनमा बस्न लगाएका छन् । यसैगरी जिल्ला बारिहबाट आएका मजदुरहरुलाई कार्यस्थलमानै दश दिन क्वारेन्टिनमा बस्ने ब्यवस्था मिलाउन सम्बन्धित निर्माण ब्यवसायीलाई जिम्मेवारी दिएको छ । रघुगंगामा हाल सात जना कोरोना भाइरसका सक्रीय संक्रमित छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...