म्याग्दीमा ४२ जनाको पिसिआर परिक्षण गर्दा २९ जनामा कोरोना पुष्टि

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा मंगलबार एकै दिन २९ जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।

आइतबार संकलन गरिएको ४२ जनाको स्वाबको नमुना परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यो सँगै म्याग्दीमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३४९ जना पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

बेनी नगरपालिकामा १७ जना, मंगला, मालिका, धवलागिरी र रघुगंगा गाउँपालिकामा १२ जना संक्रमित भएका हुन् । म्याग्दीमा कोरोनाको संक्रमण दर तिब्र र उच्च देखिएको छ । यसअघि आइतबार ४३ जनाको स्वाबको नमुना परिक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित मध्य एक जना संस्थागत आइसोलेशन र अन्य सबै होम आइसोलेशनमा बसेका छन् । लक्षण देखिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भएको लापरबाहीले कोरोनाको संक्रमण दर बढेको बेनी अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news

मास्क र स्यानीटाइजरको प्रयोगमा बेवास्ता, बिवाह, चौरासी पुजा जस्ता धार्मिक, सांस्कृतिक कार्यमा भएको जमघट, राजनीतिक दलका भेला, बैठक र जोखिमयुक्त जिल्ला, भारतबाट आएकाहरु क्वारेन्टिनमा नबस्दा म्याग्दीमा कोरोनाको संक्रमण फैलिएको हो ।

केही दिनअघि सदरमुकाम बेनी र आसपासका क्षेत्रमा मात्र कोरोना संक्रमित थिए । अहिले ग्रामिण क्षेत्रमा पनि संक्रमित भेटिन थालेका छन् । भारत र जोखिमयुक्त सहरबाट आउने, संक्रमित र उनिहरुको नजिकको सम्पर्कमा रहेकाहरुको सुरक्षित ब्यवस्थापन संक्रमण दर घटाउन चुनौति बनेको छ ।

Bhautik ministry notice about road

म्याग्दीमा हाल १०२ जना सक्रीय संक्रमित छन् । २३ जना संक्रमित उपचारपछि निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ । बेनी नगरपालिकाको वडा न. ४ मा पर्ने सिंगा तातोपानी बजार पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ ।

यसैगरी बेनीबजारसँगै रहेको जलजला गाउँपालिकाको वडा न. ४ मल्लाज हटियामा मंगलबार चार जनाको एन्टिजेन परिक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले बैशाख २२ गते राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्मका लागि बेनी नगरपालिका क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ । बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण संकट ब्यवस्थापन केन्द्रको सिफारिसको आधारमा मंगलबार प्रशासनमा बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले दश दिन बेनी नगरपालिकाको सबै क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने गरि निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...