म्याग्दीका कोरोना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु

Gandaki Pardesh notice

बेनी । म्याग्दीका एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।

मंगला गाउँपालिका–१ कुहुँका ७६ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माका अनुसार उनलाई यही बैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि हेलिकप्टर मार्फत पोखरा लगिएको थियो ।

Shreekrishna hardwear in news

उनका छोरा र श्रीमति पनि कोरोना संक्रमित छन् । छोराको पोखरामा उपचार भइरहेको छ । श्रीमतिलाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार कुहँुबाट थप उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ ।

Bhautik ministry notice about road

योसँगै म्याग्दीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ जना पुगेको छ । हाल म्याग्दीमा ७३ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

२०७८ बैशाख १ देखि २० गतेसम्म १३२ जनाको पिसिआर परिक्षण गर्दा ६७ जना र १४० जनाको एन्टिजिन परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जना संक्रमित उपचारपछि निको भएका छन् । कोरोना संक्रमण दर तिब्र रुपमा बढेपछि सदरमुकाम बेनी बजारमा २०७८ बैशाख २२ गते राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने तयारी भएको छ ।

बेनी नगरपालिकाले सोमबार आयोजना गरेको सर्वपक्षीय बैठकको निर्णय र नगरकार्यपालिकाको सिफारिसको बिषयमा छलफल गर्न प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा मंगलबार बिहान प्रशासनमा कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठक बसेको थियो ।

सिफारिस अनुसार अत्यावश्यक सेवा बाहेक बन्द हुने गरि बेनी नगरपालिका क्षेत्रमा निषेधाज्ञा गर्न सुरक्षा समितिको बैठकबाट निर्णय लिइने प्रजिअ अधिकारीले बताउनुभयो । बैठकले संक्रमण बिस्तारको अवस्था मुल्याङ्कन गरी निषेधाज्ञा लागु हुने क्षेत्र एवम् दिनहरु थपघट गर्ने अधिकारी सुरक्षा समितिलाई दिने निर्णय गरेको छ ।

निषेधाज्ञामा औषधी उपचार, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्यबस्तु खरिद गर्ने जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिडडुल गर्न पाउने छैनन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...