मालगाउँमा कोरोना रोकथामका लागि जनचेतनामुलक कार्यक्रम

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, जलजला गाउँपालिका–१ बाँसखर्कको मलगाउँमा मंगलबार तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम भएको छ ।

देउराली सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा मलगाउँमा घरदैलो गरेर कोरोना भाइरसबाट बच्ने उपायको बारेमा जानकारी गराउनुका साथै मास्क र स्यानीटाइजर बितरण गरिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

१५० जनालाई ७५० मास्क र स्यानीटाइजर बितरण गरिएको थियो । देउराली सामुदायिक वन उपभोक्ता समूहले मास्क खरिद गरेको थियो । जलजला गाउँपालिकाको स्वास्थ्य शाखाले स्यानीटाइजर उपलब्ध गराएको थियो । वडा सदस्य युवराज अर्मजा र देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समबहादुर तिलिजाको नेतृत्वमा घरदैलो गरिएको थियो ।

Shreekrishna

वडाका सबै जनप्रतिनिधी, संघ संस्था र सामुदायिक वन उपभोक्ता समूहलाई कोरोना नियन्त्रणमा परिचालन हुन वडा सदस्य अर्मजाले आव्हान गर्नुभएको छ । बाँसखर्कमा देउराली, एकराते र बहराइनी सामुदायिक वन उपभोक्ता समूह छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...