ढुङ्गाले च्यापेर युवाको ज्यान गयो

Gandaki Pardesh notice

बेनी, आकाशे पानी छल्न ओत लागेको ढुङ्गाले च्यापेर म्याग्दीको बेनी–१ सारेमारेमा एक युवाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटी रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Bhautik ministry notice about road

ढुङ्गामा च्यापीएर सोही ठाउँका १८ वर्षीय सुजन जिसी घाइते भएका प्रहरी नायव उपरिक्षक (डिएसपी) श्यामकुमार राइले बताउनुभयो ।

Shreekrishna hardwear in news

सोमबार साँझ पानी परेपछि उनिहरु ओत लागेर बसेको ढुङ्गा एक्कासी खसेर च्यापीएका थिए । उनिहरु बालुला लिन कालीगण्डकी किनारमा गएको समयमा पानी परेपछि ओत लाग्न ढुङ्गामुनी बसेका थिए ।

बोगटीको च्यापीएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भाग्ने क्रममा घाइते भएका जिसीको बेनी अस्पतालमा उपचार भइरहेको छ । उनिहरुसँगै ओत लागेर बसेका अर्का एक जना भागेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...