म्याग्दीबाट पहिरो पिडितको आवास पुननिर्माणका लागि अनुदान बितरण शुरु

Sinchai Khanipani notice

बेनी । सरकारले म्याग्दीबाट बाढी पहिरो पिडितको आवास पुननिर्माणका लागि लाभग्राहीलाई अनुदान बितरण सुरु गरेको छ ।

२०७७ जेठ ३० गतेदेखि असोज मसान्तसम्म बाढी र पहिरोले घरबास गुमाएकाहरुलाई अनुदान उपलब्ध गराउन गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले म्याग्दीमा पहिलो पटक अनुदान पठाएको हो ।

प्राधिकरणका प्रवत्ता लीलाधर अधिकारीले म्याग्दीमा २४७ घर पुननिर्माणका लागि पहिलो किस्तामा संघीय सरकारले उपलब्ध गराउने एक करोड आठ लाख ९७ हजार रुपैयाँ पठाएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“म्याग्दीबाट बाढीपहिरो प्रभावित जिल्लामा बजेट पठाउन सुरु भएको छ,” उहाँले भन्नुभयो “जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा रकम पठाउन लागिएको छ ।” अनुदान बितरणका लागि सरकारले प्राधिकरणलाई २० करोड रुपैयाँ उपलब्ध गराएको छ ।

बाढी पहिरोले पूर्ण क्षति भएका घर पुनर्निर्माणका लागि सरकारले २०७६ हिमाली जिल्लामा पाँच लाख, पहाडमा चार र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । आवश्यकता अनुसार घडेरी खरिद गर्न चाहनेले तीन लाख रुपैयाँसम्म पाउनेछन् । तीन किस्तामा अनुदान उपलब्ध गराउने कार्यबिधी छ । पहिलो किस्ता वापत पचास हजार रुपैयाँका दरले अनुदान बितरण गर्न लागिएको हो ।

गएको वर्ष जेठ ३० गतेदेखि असोज मसान्तसम्म म्याग्दी, बाग्लुङ, सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, कालीकोट, नुवाकोट, जाजरकोट, दार्चुला, बझाङ, दाङ, गोरखा, मकवानपुर, तनहुँ, अर्घाखाँची, स्याङ्जा, रसुवा, धनकुटा, सङखुवासभा, गुल्मी, मोरङ लगायतका जिल्ला प्रभावित भएका थिए ।

Bhautik ministry notice about road

आएको रकम सम्बन्धित स्थानीय तहले सम्झौता गरेपछि लाभग्राहीको बैंक खातामा पठाइने म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो । “धवलागिरी र मंगला गाउँपालिकामा सम्झौता प्रक्रिया तत्कालै सुरु हुन्छ,” उहाँले भन्नुभयो “अन्य स्थानीय तहलाई पनि लाभग्राहीको बिबरण प्रमाणिकरण गरेर अनुदानका लागि सिफारिस गर्न पत्राचार गरेका छौ ।”

२०७७ फागुन १३ गते बसेको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकमा म्याग्दीका पाँच वटा गाउँपालिकाले दश प्रतिशत र बेनी नगरपालिकाले पन्ध्र प्रतिशतका दरले अनुदान उपलब्ध गराउने निर्णय भएको थियो । तीस प्रतिशत प्रदेश सरकारले साझेदारी गर्ने भएको छ । संघीय सरकारले नगरपालिकामा ५५ र गाउँपालिकामा ६० प्रतिशत लागत ब्यहोर्ने भएको छ ।

म्याग्दीमा पूर्ण क्षति भएका मध्य म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले ४० वटा घर निर्माण कार्य अन्तिम चरणमा पु¥याएको छ । धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चार÷चार वटा घर निर्माण गरेर हस्तान्तरणको तयारी गरेको मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो ।

विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुले चन्दा संकलन गरेको रकमबाट प्रतिघर पाँच लाख रुपैयाँका दरले खर्च गरेका छन् । मोनाले बनाउने बाहेकका घर पुननिर्माण गर्नेलाई अनुदान उपलब्ध गराउन दश करोड ३५ लाख रुपैयाँ बजेट आवश्यक पर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय तहसँग अनुदान सम्झौता गर्ने लाभग्राहीले तोकिएको मापदण्ड अनुसारको घर दुई बर्षभित्र निर्माण गरिसक्नुपर्नेछ । गत बर्खामा म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु र ६ जना बेपत्ता भएका थिए । ८१ वटा बस्तिमा पहिरोका कारण २४७ घर क्षति भएका थिए । ८२१ घर पहिरोको जोखिममा छन् । जोखिममा परेका घर स्थानान्तरण र पुननिर्माणको माग भने सम्बोधन भएको छैन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...