बेनीमा दश दिन बन्दाबन्दी गर्न सर्वपक्षीय बैठकको सिफारिस

Sinchai Khanipani notice

बेनी । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमणलाई चेन ब्रेक (रोक्न) दश दिन बन्दाबन्दी गर्न बेनीमा सोमबार भएको सर्बपक्षीय बैठकले सिफारिस गरेको छ ।

बेनी नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी उद्योग बाणिज्य संघका प्रतिनिधी बाहेक चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनीधी, राजनीतिकर्मी र संघ संस्थाका प्रतिनिधीहरुले म्याग्दीमा फैलिएको कोरोना रोकथामका लागि कडाइका साथ लकडाउन गर्न सिफारिस गरेका हुन् ।

नगर उपप्रमुख सञ्जु बरुवालको अध्यक्षतामा भएको बैठकमा म्याग्दी उद्योग वाणिज्य संघका प्रतिनिधीहरुले भने आर्थिक क्षेत्र प्रभावित हुने भएकाले लकडाउनको बिकल्प खोज्नुपर्ने सुझाव दिएका थिए ।

Shreekrishna hardwear in news

बैठकमा सहभागीहरुको सुझाव अनुसार बैशाख २२ गते राती १२ बजेदेखि दश दिनका लागि लकडाउन गर्न जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा समितिलाई सिफारिस गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदीले बताउनुभयो ।

Bhautik ministry notice about road

प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने डिसिसिएमसी र सुरक्षा समितिले लकडाउन, निषेधाज्ञा गर्ने नगर्ने बिषयमा निर्णय गर्नेछ । मंगलबार बिहान प्रशासनले बैठक बोलाएको छ । म्याग्दीमा हाल ७३ जना सक्रीय संक्रमित छन् । आइतबार ४३ जनाको स्वाको नमुना परिक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको थियो ।

बैठकमा स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल र बेनी अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले भयाभह भइसकेको कोरोना संक्रमण रोक्न कडाइका साथ लकडाउन आवश्यक रहेको बताउनुभयो ।

म्याग्दीमा कोरोना फैलिन नदिन २०० जना संक्रमित कुरेर बस्न नहुने उहाँहरुको सुझाव थियो । नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसका सचिव मिनबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष गोबिन्द पौडेल, जिसस प्रमुख देबेन्द्र केसी, नगरपालिकाका वडा अध्यक्षहरुले चिकित्सक र स्वास्थ्यकर्मीहरुको सुझाव अनुसार लकडाउन गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष उत्तम कर्माचार्य, बरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठ, होटल ब्यवसायी संघका अध्यक्ष बाबुराम आचार्यले स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाई गर्न, आइसोलेशन तयार पारेर लकडाउनको बिकल्प खोज्नुपर्ने बताउनुभयो । कस्तो मोडलको रणनीति अपनाउने भन्ने बिषयमा प्रशासनले बोलाएको बैठकले निर्णय गर्ने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...